कतारमा सयौं कामदार हड्तालमा, दुई ठाउँमा प्रदर्शन 

दोहा, साउन २७- 

कतारको दोहास्थीत एसियन टाउनमा यहि हप्ता एक कम्पनीमा कार्यरत सयौं कामदारहरुले तलव नपाएको, तलव दिइए पनि समयमा नदिइएको, अत्यन्तै खराव बसोवासस्थल उपलव्ध गराएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ह्युमन राईट्स वाचका अनुसार ति कामदारले कम्पनीले ज्यादतीका विरुद्दमा बोलेमा तलव कटौति गर्ने चेतावनी दिने गरेको जनाएका छन् । 

ह्युमन राईट्स वाचले कतारले पटक पटक सुधारको प्रतिवद्दता जनाएपनि हाल पनि कफाला प्रणाली कायमै रहेको जसका कारण श्रमिकले रोजगारदाता परिवर्तन गर्न नसक्ने भन्दै उनीहरुलाई कुनै पनि विरोध प्रदर्शन गर्न तथा ट्रेड यूनियनमा आवद्द हुन नदिएर दवाउने कोशिष जारी रहेको वताएको छ । 

ह्युमन राईट्स वाचका मध्यपूर्व क्षेत्रीय मानव अधिकार निर्देशक दामा फकिहले कतारमा वन्देजका वावजूद अन्यायमा परेका श्रमिकहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । ह्युमन राईट्स वाचले गत अगष्ट ५ तारिकका दिन कतारको एक कम्पनीमा कार्यरत ८ सय देखि १ हजार श्रमिक विरोधमा उत्रिएको जनाएको छ । सो विरोध प्रदर्शनमा सहभागि एक श्रमिकले आफूहरुलाई पटक पटक नयाँ सम्झौतामा हस्ताक्षर गर्न अन्यथा स्वदेश फर्किन तयार हुन चेतावनी दिइएको ह्युमन राईट्स वाचले भनेको छ । नयाँ सम्झौतामा  तलव खाइपाई आएको भन्दा घटाइएको थियो ।

एक श्रमिकले आफूलाई सन् २०१८ मा दोहामा आइसकेपश्चात स्वदेश फिर्ता पठाईदिने चेतावनी दिएर थोरै तलवको करार पत्रमा हस्ताक्षर गर्न बाध्य बनाएको बताएका छन् । उनी काम गर्ने कम्पनीले हमाद अन्तराष्ट्रिय विमानस्थलमा सेवा दिन्छ ।  

कतारको वन्देजका वावजूद सयौं श्रमिकहरुले एसियन टाउनमा प्रदर्शन जारी राखेका थिए । अपरान्ह ४ बजे सुरु भएको विरोध प्रदर्शन मध्यरातसम्म चलेको थियो । साँझ ७ बजे प्रहरीका ५ वटा गाडी प्रदर्शन चलिरहेको स्थलमा आइपुगेका थिए । तर प्रहरीले हस्तक्षेप भनें नगरेको ति श्रमिकलाई उधृत गर्दै ह्युमन राईट्स वाचले जनाएको छ । 

कतारको सम्वन्धी निकायका उच्च अधिकारीले श्रमिकहरुलाई उनीहरुले पाउनु पर्ने तलव दिलाउने र समस्या समाधान हुने आश्वासन दिएपछि विरोध प्रदर्शन गरिरहेका श्रमिक साम्य भएका थिए । 

यसैबीच अगष्ट ४ तारिकको दिन पनि कतारमा श्रमिकले विरोध प्रदर्शन गरेका थिए । शहनियाँमा भएको सो विरोध प्रदर्शनका केहि तस्वीरहरु र भिडियो समेत प्राप्त भएको छ । सो प्रदर्शनमा पनि सयौं श्रमिक संलग्न थिए । तलव नपाएको र पाएमा पनि ढिलो मात्र पाउने गरेको सो प्रदर्शनका सहभागिहरुको गुनासो थियो । कतिपयले ५ महिनादेखि आफूहरुले तलव नपाएको बताएका थिए । 

भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VvDLQq9rSFU” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: