वैदेशिक रोजगार विभाग आक्रामक, मेनपावर कम्पनीहरुको अनुगमन तिव्र

काठमाडौं, साउन २४-

वैदेशिक रोजगार विभाग पछिल्लो चार महिनामा निक्कै आक्रामक रुपमा मेनपावर कम्पनीहरुको अनुगमनमा जुटेको देखिएको छ । विभागले चैत्र देखि असार वीचको चार महिना भित्रमा २७ पटक वैदेशिक रोजगार सम्वन्धी काम गर्ने मेनपावर कम्पनीहरुमा आकस्मीक अनुगमन गरेको छ । यो बर्षभरीको हेर्दा ६७ प्रतिशत हो । यसअघि आर्थिक वर्ष २०७५ ७६ को ८ महिनामा १२ पटक आकस्मीक अनुगमन भएको थियो ।

विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले अनुगमनलाई विभागले तिव्र बनाएको बताए । उनले यसका लागि कार्यविधि समेत नयाँ बनाएर तिव्रता दिइएको भन्दै भविष्यमा पनि यसमा निरन्तरता हुने बताए ।

भुषालका अनुसार मेनपावर कम्पनीहरुको अनुगमनलाई तिव्रता दिइएसँगै विभागले उजुरी फरफारकलाई पनि महत्व दिएको छ । गएको आर्थिक बर्षमा संस्थागत(मेनपावर कम्पनी) विरुद्ध परेका १ हजार २ सय ६३ उजुरी मध्ये ४ सय २९ लाई फरफारक गरेको र टुँगिन नसकेका विषयलाई वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने गरिएको उनले बताए । कामदारलाई ठग्नेहरु विरुद्ध कारवाहीका लागि कुनै कसर बाँकी नराखिने भन्दै महानिर्देशक भुषालले गत असारमा मात्र परेका ८१ उजुरी मध्ये ४२ वटा संस्थाहरुलाई जरिवाना गरिएको जानकारी दिए । उनले उजुरीलाई पेण्डिङमा राख्ने प्रवृत्ति क्रमशः घट्दै गएको समेत दावी गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: