ईदको छुट्टीमा नगर्नु यी काम

काठमाडौं, साउन २३-

साउदी अरेवियास्थीत नेपाली दूतावासले ईदको समयमा नेपालीले मद्यपान गरी झगडा गर्ने गरेको भन्दै यस्तो काममा सतर्क हुन आग्रह गरेको  छ । दूतावासले विज्ञप्ती प्रकाशित गर्दै ईदमा लामो छुट्टी हुने भएकाले कामबाट फुर्सद पाउँदा खेलकुद, आपसी भेटघाट, खानपिन, यात्रा भ्रमण गर्दै आएकोमा यसले तनावबाट मुक्ति दिने र स्वस्थ राख्न सहयोग गर्न सघाउने जनाएको छ । तर यस्तो कार्यक्रममा नेपाली श्रमिकहरुले मद्यपान गरी झगडा गर्दा ज्यानमाफी नै खतरा भएका घटनाहरु हुने गरेको हुँदा यसमा सतर्क रहन आग्रह गरेको हो ।

दूतावासले सो समयमा एकठाउँमा भेला भई घरेलु मदिरा सेवन गर्ने, अत्यधिक धुम्रपान तथा लागुपदार्थ र वर्जित खाद्यपदार्थ खाने गरेको अभियोगमा विगतमा ठूलो संख्यामा कामदार कारवाहीमा परेको भन्दै यसमा सचेत गराएको छ । यसरी कानूनी झण्झटमा फसेकाहरुको मुद्दा किनारा लगाउन दूतावासको ठूलो धनराशी खर्च हुने तथा लामो समय लाग्ने तर्फ  पनि दूतावासले सचेत गराएको छ ।

धेरै खानेकुरा खाँदा खाद्यपदार्थ तथा खाद्य शैली नमिलाउँदा फुड प्वईजन भएर ज्यानै जानेसम्मका घटना हुने गरेको र माछामासु र दुधदही जस्ता  प्रोटिन र मोटोपन ल्याउने  खानेकुरा एकैपटक नखान पनि दूतावासले आग्रह गरेको छ ।

विज्ञप्तीमा साउदी अरवमा राम्रो काम गर्ने भनेर नाम कमाएका नेपाली मादक पदार्थ उत्पादन, वितरण, ओसारपसार र सेवन गर्ने भनेर समेत रोजगारदाताहरुले गुुनासो गर्ने गरेको भन्दै दूतावासले सो संख्या ईदको समयमा अझ धेरै हुने गरेको हुँदा यस्तो कार्यमा संलग्न नहुन अपिल गरेको छ ।

अकामा नभएका व्यक्तिलाई सँगै गाडीमा नराख्न, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन पनि आग्रह गरिएको छ । यसैगरी साथिभाईवीच झैझगडा नगर्न, खुल्ला ठाउँमा भेला हुँदा साउदी अरवका कानूनले वर्जित गरेका काम नगर्न, सुरक्षा सम्वन्धी विषयमा जानकार रहन पनि आग्रह गरिएको छ । 

मद्यपान गरेको  समयमा कसैले अकामा वा बैंक कार्ड माग्नसक्ने तर्फ सचेत बनाउँदै दूतावासले ति कागजात नदिन आग्रह गरेको छ । यसैगरी समाजसेवीको नाममा अरु नै काम गर्ने व्यक्तिहरुबाट पनि सचेत रहन आग्रहह गरिएको छ । आफूले कमाएको रकम वचत गर्न आग्रह गर्दै दूतावासले कसैको लहैलहैमा लागेर काम छोड्ने, कम्पनी छोड्ने वा लोभमा परेर चोरी गर्ने वा अवैध धन्ने काम नगर्न पनि दूतावासले अपिल गरेको छ ।    

योे पनि पढ्नुहोस् अवैधानिक रुपमा बसिरहेकाहरुलाई दूतावासले दिंदैछ सेवा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय