अवैधानिक रुपमा बसिरहेकाहरुलाई दूतावासले दिंदैछ सेवा

क्वालालम्पुर, साउन २२-

मलेशियाको जोहरबारु तथा पेनाङमा नेपाली दूूतावासले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । दूतावासले मलेशियामा अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई आवश्यक कागजात बनाउन सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

दूतावासका अनुसार मलेशियाले सुरु गरेको व्याक फर गुड(आममाफी) कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन चाहने नेपालीलाई यात्रा अनुमतिपत्र बनाइदिन सो सेवा सञ्चालन गर्न लागिएको हो ।

यात्रा अनुमति पत्र बनाउन चाहने नेपाली नागरिकले नेपाली नागरिकता र राहदानीको प्रतिलिपि तथा दुईवटा पासपोर्ट साईजको फोटो साथमा ल्याउन दूतावासले अनुरोध गरेको छ । यसैगरी सो यात्रा अनुमतिका लागि १ सय ६० रिंगिट दस्तुर लाग्ने छ ।

कन्सुलर सेवा जोहरबारुमा अगष्ट ११ तारिक आइतवार विहान ११ः३० देखि बागुस होटलमा सञ्चालन हुने दूतावासले जानकारी दिएको छ । यसैगरी पेनाङमा पनि सो सेवा अगष्ट ११ मा समिट होटल बुकित मर्तजाममा हुने जनाइएको छ ।

दूतावासले सो राज्यहरुमा कागजातविहिन(अवैधानिक) रुपमा बसिरहेका नेपालीलाई मलेशिया सरकारले ल्याएको आममाफीमा सहभागि भएर स्वदेश फर्किन आव्हान गरेको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय