अवैधानिक बस्दै आएकाहरुलाई अवसर

क्वालालम्पुर, साउन २०-

मलेसियामा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिकलाई विना कानूनी झण्झट स्वदेश फर्किन दिने  व्याक फर गुड(आममाफी) कार्यक्रम सुरु भएको छ । अगष्ट १ तारिकमा सुरु भएको सो कार्यक्रम डिसेम्वरसम्म रहनेछ । यस ६ महिनाको बीचमा स्वदेश फर्किन चाहने अवैधानिक रुपमा बसिरहेका व्यक्तिले ७ सय रिंगिट जरिवाना तिरेर तथा एकतर्फी हवाई टिकट काटेर स्वदेश फर्किन पाउनेछन् ।

यस कार्यक्रम अन्तर्गत सहभागि हुन र स्वदेश फर्किन यसअघि नै मलेसिया सरकारले आग्रह गरिसकेको छ । यो अवैधानिक रुपमा बसिरहेका नेपाली नागरिकलाई स्वदेश फर्किने उचित अवशर भएको भन्दै त्यसको लाभ लिन क्वालालम्पुरस्थीत नेपाली दूतावासले पनि अनुरोध गरेको छ । यसका लागि कुनै विचौलियाको भर नपर्न र स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्किने प्रकृया

स्वदेश फर्किन चाहने कामदारले मलेसिया सरकारलाई जरिवाना स्वरूप ७ सय रिङ्गिट तिर्नुपर्दछ । राहदानी नभएकाहरूले नेपाली दूतावासमा एकतर्फी यात्रा अनुमतिपत्र बनाउन १ सय ६० रिङ्गिट तिर्नुपर्दछ । एकतर्फी यात्रा अनुमतिपत्र वा राहदानी लिएर निवेदन सहित मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्दछ । त्यस्तो निवेदन दूतावासले निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाएको छ ।

सो कार्यलयमा निवेदन दिन आउँदा ७ दिनभित्र नेपाल फर्किने टिकटको फोटोकपी लिएर जानु पर्दछ । यस्तो कागजात लिएर स्वदेश फर्किने व्यक्ति स्वयं जानु पर्दछ । कुनै अन्य फौजदारी अपराधको उजुरी सो व्यक्तिमा भए नभएको जाँच गरेर सो कार्यालयले नेपाल फर्किने प्रकृया पुरा गरिदिन्छ ।    

यो पनि पढ्नुहोस् कोमाका विरामीः कसको दायित्व ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: