प्रलोभनमा पर्दा धेरै नेपालीलाई समस्या, सतर्क रहन दूतावासको आव्हान

  

दोहा, साउन १३-

कतारको दोहास्थीत नेपाली दूतावासले कतारमा कसैको प्रलोभनमा परेर आफू कार्यरत कम्पनी नछोड्न नेपालीलाई आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै राम्रो तलव सुविधा दिलाईदिने आश्वासनमा परेर आफूले काम गर्दै आएको कम्पनी नछोड्न दूतावासले आग्रह गरेको हो ।

नेपाली दूतावासका तर्फबाट जारी विज्ञप्तीमा भनिएको छः राम्रो तलव सुविधा पाउने आश्वासन पाएर आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनेर थप पैसा समेत तिरेको र हाल आफू अलपत्र परेको भन् दै राजदूतावासमा उद्धारका लागि आउने क्रम हालैका दि नहरुमा उल्लेख्य बढेको छ ।

दूतावासले पर्याप्त र ठोस आधारबिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परेर कार्यरत कम्पनी नछोड्न आग्रह गरेको छ ।

कतारको कानून अनुसार त्यसरी आफूखुशी रोजगारदाता परिवर्तन गर्न पाइन्न । यसअघि कफाला अर्थात कतारमा रोजगारीका लागि आमन्त्रण गर्ने रोजगारदाताको अनुमतिविना रोजगारदाता परिवर्तन गर्न र मुलुक छोड्न समेत नपाईने व्यवस्था भएको कतारमा हाल त्यसमा केहि खुकुलो व्यवस्था छ । आफूसँग सम्झौता बमोजिम भन्दा बाहेकको काम तथा भनिए अनुसार तलव नपाउने अवस्था लगायत श्रम सम्झौता करार विपरितको अवस्थामा सरकारी कार्यालयमा निवेदन दिएर सो कार्यालयको अनुमति अनुसार हाल स्वदेश फर्किन पाउने कानून बनेको छ । यसैगरी श्रम सम्झौता करार विपरित काम भएको सो कार्यालयबाट प्रमाणित भएको अवस्थामा कतिपय सन्दर्भमा नयाँ रोजगारदातासँग काम गर्ने अनुमति प्राप्त हुने भएपनि आफूखुशी काम छोड्न र नयाँ रोजगारदातासँग जोडिन मिल्दैन । तर दलालहरुले धेरै पैसा कमाई हुने प्रलोभन देखाएर गैरकानूनी बनाउने र थप रकम असुल्ने र समस्या सिर्जना गरिदिने समस्या छ । 

यो पनि पढ्नुहोस् ‘ईल्लिगल’ भएका कारण अस्पताल जानै नपाई मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: