‘ईल्लिगल’ भएका कारण अस्पताल जानै नपाई मृत्यु

काठमाडौं, साउन १०-

मलेसियामा अवैधानिक रुपमा बसेका एक नेपालीलाई गम्भीर विरामी पर्दा पनि अस्पताल लैजान नसक्दा मृत्यु भएको छ । ओखलढुँगाका रमेश कार्कीको उपचार गर्न समेत नपाउँदा मृत्यु भएको हो । कार्कीसँगै सेक्यूरीटीगार्डको काम गर्ने अन्य साथिहरु पनि अवैधानिक रुपमा मलेसियामा बस्दै आएका छन् । त्यसैले उनीहरुले समेत कार्कीलाई अस्पताल लैजान नसकेका हुन् । 

२०७४ पुषमा रोजगारीका लागि मलेसिया गएका कार्की ६ महिनायता कम्पनी छोडेर अवैधानिक रुपमा अर्को कम्पनीमा सेक्यूरीटी गार्डको काममा थिए । दुई दिनदेखि विरामी परेका उनलाई चाहेर पनि अस्पताल लैजाने अवस्था नभएको उनीसँगै बस्ने साथिले बताए । उनी स्वयं पनि अवैधानिक रुपमा मलेसियामा सोही कम्पनीमा कार्यरत छन् र आफ्नो परिचय सार्वजनिक नगरिदिन उनले अनुरोध गरे । 

कम्पनी छोडेर अन्यत्रै काम गरिरहेका बारेमा कार्कीले नेपालमा बाबुआमालाई समेत भनेका थिएनन् । कार्कीका आफन्त ईन्द्र बहादुर बोगटीका अनुसार उनको मृत्यु भएको विषयमा गाउँकै अन्य व्यक्तिले मलेसियाबाट जानकारी गराएपछि उनलाई रोजगारीका लागि पठाउने मेनपावर कम्पनीमा गएर बुझ्दा मात्र उनले कम्पनी छोडेर अन्यत्रै काम गर्न थालेको परिवारले थाहा पाएको थियो ।  

कार्कीको शव नेपाल ल्याउन परिवारले कन्सुलर सेवा विभाग तथा प्रवासी नेपाली समन्वय समितिमा निवेदन दिएको छ ।

यो पनि पढ्नुहोस् ‘ईल्लिगल’लाई ७ सय रिंगिट जरिवाना लिएर बैधानिक बनाउन माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: