कतारबाट फर्केर योगा सेण्टर

काठमाडौं, साउन ९-

कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो । 

योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अबस्था छ’, स्कुलका संस्थापक भेटवालले भने,‘यसले विन्यासा फ्लोको कक्षाहरु सञ्चालन गर्दछ ।स्कुलले १० बर्षभित्र एकसय वटा योगा सेन्टर बिस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको वताए । योगको अभ्यास योग्य प्रशिक्षकबाटै सिक्नु पर्छ । हात हल्लाउदै र खुट्टा मर्काउदैमा योगा हुदैन । योगलाई योगाकै रुपमा अभ्यास गर्नुपर्दछ,’ उनले भने,‘त्यसो भएमात्रै योगाले सही ढंगले काम गर्नेछ ।

योगाले सकारात्मक सोच्न र आवेगमा आउनबाट जोगाउने हुदा समाजमा अपराध घटाउनेदेखि मानिसहरुको दैनिक कार्य क्षमतामा बृद्धि गर्ने वताए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार हुनको लागि प्रोत्साहन गर्ने नीति रहेको वताए ।

भेटवालले मानिसहरु तनाव र मोटोपन जस्ता समस्याबाट ग्रसितहरुको लागि योगा उपयुक्त रहेको वताए । तनाव र मोटोपनकै कारण संसार भरी उच्चरक्तचाप, मधुमेह, थाइराईड, युरीक एसिड लगायतका रोगीहरुको संख्य उल्लेख्य रुपमा बढ्दै गइरहेको छ ।

यसमा प्रशिक्षक उत्पादन बाहेक बिभिन्न रोग बिशेष अनुसार  थेरापेटिक योग अभ्यास, तनाव ब्यवस्थापन लगायतका कक्षाहरु दैनिक रुपमा सन्चालनमा ल्याएको छ । स्कुलले बिभिन्न बिद्यालयहरु तथा कार्यलयहरुमा योगलाई जोड्नको लागि अफिस योगा तथा योग इन स्कुलको कार्यक्रमहरु ल्याएको छ ।

दुई दशकदेखि योगामा लागेका स्कुलका मुख्य योग प्रशिक्षक शिव वस्यालले योगको मुल बिज्ञान र दर्शनलाई समाजमा स्थापित गर्नको लागि यस स्कुलको स्थापना भएको हो । यस स्कुल हाल सात जना योग तथा ध्यानको प्रशिक्षक रहेका छन् ।

उद्घाटन कार्यक्रममा मेडिसिटी अस्पतालमा कार्यरत न्यूरो सर्जन डा. प्रकाश पौडेलले डाक्टरहरुको लागि समेत योग अभ्यास निकै महत्व रहेको बताए । बिरामी अपरेशन गर्नु अघि डाक्टरले आफ्नो मनलाई सन्तुलित राख्नु जरुरी हुन्छ । योग अभ्यासले मन तथा मष्तिस्कलाई सन्तलित राख्न मद्दत गर्दछउनले भने ।

यो पनि पढ्नुहोस् ‘ईल्लिगल’लाई ७ सय रिंगिट जरिवाना लिएर बैधानिक बनाउन माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय