‘ईल्लिगल’लाई ७ सय रिंगिट जरिवाना लिएर बैधानिक बनाउन माग

  

काठमाडौं, साउन ९-

मलेसियन ट्रेड यूनियन कंग्रेस(एमटीयूसी) ले अवैधानिक रुपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकलाई ७ सय रिंगिट जरिवाना तिरेपछि बैधानिक रुपमा बस्न दिन माग गरेको छ । एमटीयूसीका महासचिव जे सोलोमनले उनीहरुलाई घर फर्काउनुको सट्टा वैधानिक बनाएर काम गर्ने अवसर दिंदा यसले विदेशी कामदार र मलेसियन रोजगारदाता दुवै पक्षलाई फाइदा हुने बताएका छन् ।

महासचिव सोलोमनले सरकारले अघि सारेको व्याक फर गुड कार्यक्रम अन्तर्गत सहभागि भएर अवैधानिक रुपमा बसिरहेका विदेशी कामदार स्वदेश फर्किने र नयाँ कामदार लिने कार्य लामो प्रकृयाको तथा खर्चिलो पनि हुने भन्दै त्यसको विकल्पमा सोच्न आग्रह गरेका छन् । उनले कतिपय विदेशी कामदार कमाउन ठूलो धनराशी खर्च गरेर मलेसिया आएको हुने हुँदा उनीहरुलाई जवर्जस्ती स्वदेश फर्काउँदा उनीहरु अझ बढी समस्यामा पर्ने बताए ।

 

सोलोमनले ७ सय रिंगिट तिरेर बैधानिक हुनेहरुलाई कम्तीमा दुई बर्ष काम गर्न दिनुपर्ने धारणा राखे ।  यसले आफू मलेसिया कमाउन आउँदा लिएको ऋण तिर्न र केहि रकम कमाउन उनीहरुले सक्ने बताए । अहिले अघि सारिएको कार्यक्रम समय र पैसाको खर्च मात्रै भएको उनको भनाई छ ।

मलेसिया सरकारले आगामी अगष्ट १ तारिखदेखि लागु हुनेगरी व्यक फर गुड कार्यक्रम सुरु गर्दैछ । २०१९ को डिसेम्वर अन्तिमसम्म चल्ने सो कार्यक्रममा सहभागि हुन चाहने अवैधानिक रुपमा बस्दै  आएकाहरुलाई यसअघि नै क्वालालम्पुरस्थीत नेपाली दूतावासले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् दूतावासद्धारा सिधै सम्पर्क गर्न आग्रह 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: