
क्वालालम्पुर, साउन ७-
मलेसियामा अवैधानिक रुपमा बसेर काम गर्दै गरेका ५ जना नेपाली सहित ३१ जना विदेशी नागरिकहरु पक्राउ परेका छन् । सरकारी सञ्चार माध्यम बनर्माका अनुसार पक्राउ पर्नेमा ५ जना नेपाली, १३ जना थाई, १० जना बंगलादेशी, दुई र्ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेका हुन् ।
समाचार अनुसार उनीहरुलाई विभिन्न पसल, रेष्टुराँहरुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई पेनाङ स्थीत अध्यागमन कार्यालयले छानविन गरी जुरुको हिरासतमा राखिएको छ ।
यो पनि पढ्नुहोस् दूतावासद्धारा सिधै सम्पर्क गर्न आग्रह