दूतावासद्धारा सिधै सम्पर्क गर्न आग्रह

काठमाडौं, साउन ७-

मलेसियास्थीत नेपाली दूतावासले मलेसिया सरकारले ल्याउन लागेको व्याक फर गुड कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गरी आगामी अगष्ट १ तारिख देखि डिसेम्वर ३१, २०१९ सम्म सञ्चालन हुने सो कार्यक्रममा सहभागि भई लाभ उठाउन दूतावासले आग्रह गरेको छ ।

सो कार्यक्रम अन्तर्गत नेपाल फर्किन मलेसिया सरकारलाई ७ सय रिंगिट जरिवाना बुझाउनु पर्नेछ भनें पासपोर्ट नहुनेहरुले एकतर्फी यात्रा अनुमति पत्र बनाउन दूतावासलाई १ सय ६० रिंगिट तिर्नुपर्नेछ । यसैगरी मलेसियाबाट नेपाल फिर्ता हुने हवाई टिकट समेत सम्वन्धित व्यक्तिले नै काट्नु पर्नेछ ।

दूतावासका अनुसार राहदानी वा दूतावासबाट बनाइएको एकतर्फी यात्रा अनुमति पत्र लिएर सिधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालयमा जानुपर्नेछ । अध्यागमन कार्यालयमा आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपि समेत अनिवार्य रुपमा साथमा लिएर जानु पर्नेछ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल उड्ने मिति अध्यागमन कार्यालयमा गएको ७ दिनभित्रको हुनुपर्ने छ ।

कुनै सहयोग आवश्यक परेमा दूतावासको फोन नम्वरहरु ०३-२०२०१८९८, ०३-२०२०१८९९, ०३-२०२०१८९०१ वा हटलाईनमा ०१६-२४७२७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ । मलेसिया सरकारले मलेसियाको भिषा नभई वा भिषाको म्याद सकिएर अभिलेख विहिन भएर बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन लक्षित गर्दै आममाफीको कार्यक्रम ल्याएको हो ।   

यो पनि पढ्नुहो् आप्रवासी कामदारहरुको अधिकार संरक्षण सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: