नेपालीलाई ठग्ने भारतीय पक्राउ

काठमाडौ, साउन ६-

नेपालीलाई रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ६५ लाख भन्दा बढी ठगेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई काठमाडौंको सिनामंगलमा बस्ने राहुल पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार पाण्डेले भीभी ईन्टरनेशनल प्राली मार्फत नेपालीलाई माल्टा लैजाने भन्दै नक्कली भिषा दिलाएर विभिन्न प्रकृयाका लागि भन्दै पटक पटक गरी ६५ लाख ७० हजार ६ सय संकलन गरेका थिए । उनले यसरी रकम संकलन गरी ठगि गरेको हुँदा कानूनी कारवाही गरिपाउँ भन्दै भीभी ईन्टरनेशनलका सञ्चालक दावा शेर्पाले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले पाण्डेलाई टेकुबाट पक्राउ गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस् आप्रवासी कामदारहरुको अधिकार संरक्षण सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: