अवैधानिक रुपमा बसिरहेका कामदारलाई आममाफी खुल्यो

काठमाडौं, साउन २-

अवैधानिक रुपमा बसिरहेका कामदारलाई लक्षित गर्दै मलेसियाले आममाफीको घोषणा गरेको सो आममाफी आगामी महिना(अगष्ट ) देखि सुरु भई डिसेम्वर ३१ सम्म कायम रहनेछ

मलेसियाको अनलाइन स्टारका अनुसार मलेसियाको गृहमन्त्रालयले यसको घोषणा गरेको हो अवैधानिक रुपमा मलेसियामा बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्किन यो अवसर दिन लागिएको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको

गृहमन्त्री मुहिद्धिन यासिनले यसरी स्वदेश फर्किन चाहनेहरुले केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफ्नो मुलुकको दूतावासले जारी गरेको ट्राभल डकुमेण्ट वा राहदानी लिएर आउनु पर्ने र आवेदन दिएको ७ दिन भित्रमा स्वदेश फर्किन पाउने उनले  बताएका छन् ।

मन्त्रालयद्धारा विहिवार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले अवैधानिक व्यक्तिलाई स्वदेश फर्काउने कार्य केवल अध्यागमन विभागको जिम्मेवारी रहेको र यसमा कुनै एजेण्टको भूमिका नरहने प्रष्ट पारेका छन् । 

यसअघिको आममाफी कार्यक्रमले पनि अवैधानिक रुपमा बसिरहेका विदेशीकोे संख्यामा उल्लेख्य कमी आउन नसकेका कारण नयाँ आममाफीको घोषणा गरिएको गृहमन्त्रीले प्रष्ट पारेका छन् । ५ महिना पर्याप्त समय हुने भन्दै उनले सो समयको सदुपयोग गर्न र स्वदेश फर्किन आग्रह गरे । उनले त्यसरी स्वदेश फर्किनेहरु पुनः मलेसिया आउन भनें कालोसूचिमा रहने जानकारी दिए । (तस्वीरः साँकेतिक रुपमा मात्र प्रयोग गरिएको हो ।) 

१ सय मेनपावर कम्पनीको कारोवार रोक्का (सूचीसहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: