अहिले नेपाल पैसा पठाउँदा हुन्छ घाटा

काठमाडौं, असार ३१-

नेपाल राष्ट्र बैंकको दर अनुसार मंगलवार अमेरिकी डलरको खरिददर १ सय ९ रुपैंयाँ ३६ पैसा छ । यो सरदर पछिल्लो केहि महिनायताको तुलनामा तीन/चार रुपैँया कम हो । यसले नेपालले विभिन्न मुलुकबाट ल्याउने सामानको मूल्यमा कमि आई व्यापार घाटा कम हुन्छ । यो समग्र मुलुकका लागि फाइदाको विषय हो । तर यसका कारण बैदेशिक रोजगारमा रहेकाहरुलाई भनें घाटा भएको छ ।

डलरको मूल्य घट्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्सको आय कम हुन्छ। जसका कारण विदेशबाट आउने रकमको भुक्तानीमा नेपालमा हुने व्यक्तिले प्राप्त गर्ने पैसा कम हुन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ४ पैसा र विक्रि दर ३० रुपैंयाँ २० पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया १६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३२ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर २९ रुपैंया ७७ पैसा तथा विक्रि दर २९ रुपैंया ९४ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७६ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३५९ रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३६१ रुपैंयाँ ३१ पैसा छ । बहराइन दिनारको खरिद दर २९० रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २९१ रुपैंयाँ ६८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारः न्याय पाउनै सकस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: