आगलागीमा परेर ज्यान गुमाए तीन नेपालीले, एकजनाको पूरा परिचय खुल्यो, दुईजनाको बाँकी

हरिकृष्ण न्यौपाने, कुवेत, असार २९-

कुवेतमा आगलागीमा परेर मृत्यु भएका तीनजना नेपालीमा सर्लाहीका २९ बर्षिय बिजय बैंठा, नेपालको घर ठेगाना पत्ता लाग्न बाँकी अप्सरा कामी तथा गौरी दर्जी भएको खुलेको छ । यसरी मृत्यु हुने मध्ये राहदानी नं ०६१६३१८१ का बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत रहेको विवरण प्राप्त भए पनि घरेलु महिला कामदारका रुपमा कार्यरत मृतक अप्सरा कामी तथा गौरी दर्जिको पुर्ण विवरण भने आउन बाँकी छ।

नेपाली दुताबास कुवेतका द्धितिय सचिव ज्ञान बहादुर मगरले आगलागीमा परि कुवेतमा कार्यरत तीन नेपाली कामदारहरुको दुःखद निधन भएको पुष्टि भएको बताए । सो घटनामा केहि नेपाली घाइते भएर कुवेतको आदान अस्पतालमा राखिएको प्रारम्भिक जानकारी आएकोले नेपाली दुताबास कुवेतका प्रतिनिधि छिट्टै उक्त अस्पतालमा गई पुर्ण जानकारी लिईने उनले बताए ।

कुवेतको सम्बन्धित सरकारी निकायहरु र मृतक तथा घाइतेहरु काम गर्ने कम्पनी वा स्पोन्सरहरुसँग समन्वय गरि सम्पुर्ण कानुनी प्रकृया, घाइतेहरुलाई उपचार तथा मृतकहरुले पाउने बिमा रकम सम्बन्धित परिवारहरुसँग सम्पर्क गरि दाबी गर्ने तर्फ नेपाली दुताबासले प्रकृया थाली सकेको जनाएको छ ।

गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परेर उनीहरुको निधन भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: