यातायात मजदूरलाई सडक सुरक्षा तालिम

  

काठमाडौं, असार २९-

जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । उनले नेपालमा पनि विदेशको जस्तो यातायात नियम लागू गरिए सडक दुर्घटना न्यूनिकरण भएर जाने धारणा राखे ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संठनका अध्यक्ष भीम ज्वाला राईले यातायात दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको धारणा राखे । उनले यसलाई समयमै रोकथाम गर्न नसके सडक दुर्घटनाले भयावह रूप लिन सक्ने देखिएपछि दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक ठानेर तालिम आयोजना गरिएको बताए ।

अध्यक्ष राईले यातायात व्यवसायबाट सरकारले प्रत्येक वर्ष २ खर्व २५ अर्वको हाराहारी कर सङ्कलन गर्ने भए पनि सडक सुधार र दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्न नसकेको बताए ।

कार्यक्रममा मेडिसिटी अस्पतालका डा. सञ्जय कार्कीले यातायात मजदुरहरूलाई सडक दुर्घटना र यसबाट उत्पन्न हुने स्वास्थ्य समस्या र खतराका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा सवारी सञ्चालनलाई व्यवस्थित र भरपर्दो बनाउँदै दुर्घटना कम गर्ने विषयमा नीरज धौभडेल, अमृत डाँगीले जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस् गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: