मौरिससमा विदेशी श्रमिकलाई पारिश्रमिकमा विभेद !

काठमाडौं, असार २६-

एउटा आकर्षक सानो टापु, मौरिसस जहाँ ४५ हजार विदेशी श्रमिक कार्यरत छन् । सो मुलुकसँग नेपालले केहि समय अगाडी श्रमिक आदानप्रदानका विषयमा श्रम समझदारी गरेको छ । सो मुलुकमा विशेषगरी त्यहाँको गार्मेण्ट र टेक्सटायल क्षेत्रमा विदेशी श्रमिकमाथि शोषण हुने गरेको घटना सार्वजनिक भएको छ । त्यसरी ठगिनेमा विशेषगरी बंगलादेश, मादागास्कर, भारत र नेपालका श्रमिक हुने गरेको उद्योग क्षेत्रको अन्तराष्ट्रिय यूनियन ईन्डस्ट्री अलले जनाएको छ ।

ईन्डस्ट्री अलका अनुसार मौरिससमा आइपुगेपछि विदेशी श्रमिकले सम्झौता बमोजिमको ज्याला नपाउने, धेरै घण्टा काम गर्नुपर्ने, बसोवासको उचित व्यवस्था नहुने र त्यसको विरोध गरेमा जवर्जस्ती स्वदेश फर्काउने गरिएको छ । 

ईन्डस्ट्री अलका अनुसार मौरिससमा आप्रवासी कामदारहरु ९ हजार ४ सय मौरिसियन रुपिज(अमेकिरी डलर २७१) मासिक तलवका लागि संघर्षरत छन् । ईन्डस्ट्री अलको एक आवद्ध यूनियन कन्फेडेरेसन डेस ट्राभलर्स सेक्टर्स ईटी प्राईभ(सीटीएइसपी)ले आफूहरु आप्रवासी कामदारलाई मौरिससका श्रमिकले सरह सुविधा दिलाउन संघर्षरत रहेको जनाएको छ । सीटीएपीका अध्यक्ष रियाज चुट्टोले मौरिससको श्रम कानून अनुसार यसरी कुनै पनि श्रमिकलाई विभेद गर्न पाइन्न र विदेशी कामदारलाई पनि सामुहिक सौदावाजीको हक छ ।

मौरिससको उद्योग व्यवासायी महासंघले भनें यस विषयमा आपसी छलफललाई तिव्रता दिइनुपर्ने बताएको छ । दुई पक्षबीचको सामाजिक सम्वादमा आफूले सघाउने उसले बताएको छ । 

नेपालले केहि समय अगाडी मौरिससमा रोजगारदाताले नै सवै खर्च व्यहोर्नेगरी श्रम सम्झौता गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: