मलेसियामा अवैधानिक रुपमा बस्ने नेपाली सहित एकसय भन्दा बढी पक्राउ

क्वालालम्पुर, असार २४-

मलेसियामा अवैधानिक रुपमा बसिरहेका विदेशी पक्राउ गर्ने अभियान अन्तर्गत १ सय २ जना विदेशी पक्राउ परेका छन् । उनीहरुलाई झण्डै ९० ठाउँमा गरिएको खोजतलाशका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अध्यागमन प्रहरीले गरेको खोजतलाशका क्रममा एक हजार भन्दा धेरै व्यक्तिको कागजपत्र हेरिएको प्रहरीले जनाएको छ । निर्माण क्षेत्रहरु, होटल, रेष्टुराँ, भाडामा लगाइएका घरहरु, पसल, खाना खाने साना होटलहरु लगायतमा खोजतलाशको कारवाही भएको थियो ।

 

सो क्रममा ५३ जना म्यानमारका नागरिक, २२ जना बंगलादेशी, ११ जना ईण्डोनेशियाली, ९ जना फिलिपनो, दुईजना नेपाली, दुईजना पाकिस्तानी तथा दुई जना थाईल्याण्डका नागरिक पक्राउ परेका हुन् । उनीहरुलाई अध्यागमन कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् नेपालमा व्याजको मिटर र कतारमा दुःखको चक्र उसैगरी घुमिरह्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: