बैदेशिक रोजगारीको कमाई र खर्च: यस्तो छ नयाँ अध्ययनको निश्कर्ष

काठमाडौं, असार २२-

बैदेशिक रोजगारमा जाने मध्ये ८० प्रतिशत व्यक्ति ऋण लिएर विदेश जाने गरेको देखिएको दोश्रोमा  प्रतिशत व्यक्ति परिवारको बचत लगानी गरेर जाने गरेको देखिएको हो

बैदेशिक रोजगार बोर्डले प्रदेशका झापा, मोरङ, धनुषा, सिराहा, मकवानपुर, सिन्धुपाल्चोक दाङ्ग जिल्लामा गरि सय ५० व्यक्तिमा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको न्यूनतम २५ हजार देखि लाख भन्दा बढी रकम खर्च गरेर रोजगारीका लागि विदेशिएकाहरुले विदेशबाट कमाएर पठाएको रकम मध्ये १४ प्रतिशत भन्दा धेरै रकम ऋण त्यसको व्याज तिर्न खर्च भएको देखिएको

अनुसन्धानको नेतृत्व गरेकी जुना माथेमाका अनुसार विदेशबाट कमाएर पठाएको रकम मध्ये १६. प्रतिशतलेघरमा हुने दैनिक खर्चको लागिभन्ने उत्तर दिएका थिए यसैगरी १५. प्रतिशतलेऔषधि उपचारमा”, १४. प्रतिशतलेविदेश जाँदाको ऋण तिर्नको निमित्त”, १३. प्रतिशतलेपढाईमा”, प्रतिशतलेविवाह, उत्सव, सुन किन्ने आदि कामको लागिखर्च गरेको देखिएको यसरी रकम पठाउने मध्ये . प्रतिशतले मात्रबैंक सहकारी आदिमा बचतको नाममा जम्मा गरेको देखिएको यसअघि धेरैजसो आलोचित हुने गरेकोटिभी, फ्रिज, मोवाइल जस्ता उपभोग गर्ने समानमा . प्रतिशतले रकम खर्च गरेकोबताएका थिए यसैगरि . प्रतिशतलेनयाँ घर बनाउन”, . प्रतिशतलेजग्गा किन्न”, . प्रतिशतलेघरको मर्मत गर्नको निम्तितथा प्रतिशतलेभइरहेको व्यापारलाई बढाउन प्रतिशतले नैनयाँ व्यापार शुरु गर्नको लागिपैसा खर्च गरेको बताएका छन्

उच्च लगानी

बैदेशिक रोजगारीको लागि जाँदा एउटा निक्कै महत्वपूर्ण पाटो भनेको खर्च पनि हो उत्तरदाताहरुले रु.२५,००० देखि रु.,००,००० भन्दा माथिसम्म खर्च गरेका थिए सो रकममा सबैभन्दा धेरै उत्तरदाता अर्थात् २७. प्रतिशतले रु. ७५,००० देखि रु. ,००,००० सम्म खर्च गरेका थिए

पठाउने रकम सरदर २० हजार 

बैदेशिक रोजगारबाट हुने कमाई पठाउने विषयमा रु. १०,००० देखि रु. ५०,००० भन्दा माथिको दायरामा कमाई पठाउने गरिएको देखिएको अध्ययनमा सहभागि सय ५० जना मध्ये १२६ जना अर्थात ३६ प्रतिशतले रु. २०,००० देखि रु. ३०,००० सम्म रकम घर पठाउने गरेको देखिएको समग्रमा पठाइएको रकम भनें रु. १५,००० देखि रु. ३०,००० सम्म पठाउनेको संख्या धेरै अध्ययनमा सहभागि मध्ये आधा व्यक्तिले आफ्नो कमाईको आधा भन्दा धेरै रकम घर पठाउने गरेको देखिएको आप्mनो कमाईको सबैजसो रकम नै घर पठाउनेको संख्या ३१. प्रतिशत रहेको

सोचेजस्तो छैन विदेशको कमाई

यसैबीच बैदेशिक रोजगारबाट फर्केका मध्ये ३४ प्रतिशत व्यक्तिहरुले बैदेशिक रोजगार स्वदेशको  रोजगारमा कमाईको आधारमा नेपाल विदेशको कमाई उस्तै हुने गरेको बताएका छन्   अध्ययनमा सोधिएका प्रश्नको उत्तर दिने क्रममा उनीहरु मध्ये ५३ प्रतिशतले विदेशको कमाई नेपालको भन्दा बढीभन्ने जवाफ दिएका थिए भनें ३४ प्रतिशतलेनेपाल विदेशको कमाई उस्तैभन्ने जवाफ दिएका थिए अध्ययनमा सहभागि मध्ये प्रतिशतलेविदेशको कमाई नेपालको भन्दा कमभनेका थिए भनें प्रतिशतले चाहिं विदेशको कमाई एकदमै बढी भन्ने जवाफ दिएका थिए

विदेशबाट पैसा श्रीमान वा श्रीमतिलाई

अध्ययनले ४४. प्रतिशत व्यक्तिलेश्रीमान्/श्रीमतीलाई पैसा पठाउने गरेको देखिएको यसैगरी २६. प्रतिशतले आप्mनाबुबालाईपैसा पठाएका थिए भनें १३. प्रतिशतले आफ्ना आमालाईपैसा पठाएका थिए यसैगरी . प्रतिशतलेदाजुभाइलाई . प्रतिशत व्यक्तिलेपरिवारका अन्य सदस्यलाईपैसा पठाएको देखिएको

अध्ययनमा वैदेशिक रोजगारीमा गएर फर्किएका फेरि विदेश नफर्किने मनस्थितिमा रहेका व्यक्तिहरु सहभागि थिए साथै नेपाल फर्केको महिना कम्तीमा भइसकेको मानिसहरुसँग यो अध्ययन गरिएको थियो

मनी ट्रान्सफरबाट नै धेरैजसो विप्रेषण

बैदेशिक रोजगारीबाट कमाएको पैसा घर पठाउने भरपर्दो माध्यममा मनि ट्रन्सफर नै अगाडी देखिएको सो अध्ययनमा संलग्न सय ५० मध्ये सय २२ जना अर्थात ९२ प्रतिशत व्यक्तिले आफूले मनि ट्रान्सफरबाट नै रकम नेपाल पठाउने गरेको बताएका छन् मुख्यगरीविश्वासिलो/भरपर्दो भएकोलेतथापैसा छिटो पाउने हुनालेभन्ने उनीहरुको बुझाई थियो

विदेशको कमाई कुखुरा पालनमा रुचि

बैदेशिक रोजगारबाट फर्केर नयाँ व्यापार व्यवसाय शुरु गर्ने सोच राखेका मध्ये २१. प्रतिशत व्यक्तिले कुखुरा पालन गर्ने रुचि देखाएका छन् यसैगरी १३ प्रतिशतले भइरहेको किराना पसलमा थप लगानी गर्ने, ११. प्रतिशतले होटल व्यवसाय खोल्ने, १०. प्रतिशतले ड्राइभिङको काम गर्ने . प्रतिशतले चाहिं किराना पसल गर्ने विचार राखेको देखिएको यसका लागि सरकारी सहयोगको अपेक्षा उनीहरुले राखेका छन् अध्ययनमा सहभागि मध्ये ३१. प्रतिशत व्यक्तिले व्यापार व्यवसायको लागि सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने विचार राखेका थिए २६. प्रतिशतले भनें सीप अनुसार रोजगारीको व्यवस्था गाउँमै सरकारले गरिदिनु पर्ने भनेका छन् भनें . प्रतिशतले सरकारले नै प्राविधिक तालीम दिने व्यवस्था गरिदियोस् भन्ने अपेक्षा राखेका थिए

विप्रेषणकोे विविध विषयमा गरिएको यस अध्ययनले नेपालीको बैदेशिक रोजगारमा भइरहेको लगानी, प्रतिफल, विदेशमा कमाएको रकमको नेपालमा लगानी, लगानीको निर्णयकर्ता, बैदेशिक रोजगारबाट फर्केकाहरुलाई पुनरएकिकरण कार्यक्रमका लागि गर्नुपर्ने कामका विषयमा नयाँ आधार तयार पारेको   

यो पनि पढ्नुहोस कमाउन विदेश हुनुहुन्छ ? अनी छोराछोरीका बारेमा यी कुरा ध्यान दिनुभएको ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय