प्रधानमन्त्री रोजगार कार्यक्रम गरिव नेपालीका लागि: मन्त्री विष्ट

काठमाडौं, असार १७-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम गरिव जनताका लागि ल्याइएको कार्यक्रम भन्दै यसले मानवोचित जीवन बाँच्न नपाइरहेका नेपाली नागरिकको जीवन परिवर्तनको लक्ष्य राखेको बताएका छन् उनले अहिले पनि बर्षमा ३० हजार आम्दानी नहुने लाख भन्दा धेरै नेपाली रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम उनीहरुको जीवन बदलिनुपर्छ भन्ने मान्यतामा ल्याइएको बताए

राजधानीमा दुई दिनसम्म सञ्चालन भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको समापन गर्दै मन्त्री विष्टले लोकतन्त्र केवल राजनीतिक परिवर्तन मात्र नभएको भन्दै यसले समग्र सामाजिक, आर्थिक अवस्थामा पनि परिवर्तनको अनुभूति दिनसक्नु पर्ने बताए उनले कतिपय ठाउँबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भइरहेको भन्दै यो कार्यक्रम खान नपाएका, लाउन नपाएकाहरुको कार्यक्रम भएको हुँदा यो जनताको कार्यक्रम भएको बताए

सो अवसरमा बोल्दै मन्त्री विष्टले यसअघिका सरकारले रोजगारीको विषयमा उतिधेरै चासो नदिएको भन्दैै वर्तमान सरकारको प्राथमिकता रोजगारी सिर्जनामा रहेको जानकारी गराए मन्त्री विष्टले आम नेपालीलाई न्यूनतम रोजगारीको प्रत्याभूति प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिएको भन्दै सरकार नीजि क्षेत्र, सहकारी तथा श्रमिक यूनियनहरुसँग सहकार्य गरेर अगाडी बढ्न चाहिरहेको बताए

मन्त्री विष्टले सम्मेलनमा प्राप्त सुझाव तथा विचार केवल बौद्धिक विलासका लागि मात्र नहुने भन्दै तिनिहरुलाई आगामी दिनमा सरकारको नीतिमा समेटिने बताए उनले सम्मेलनका क्रममा प्राप्त सुझावका विषयमा थप छलफल गरिने पनि प्रष्ट पारे

सो अवसरमा सम्मेलनको निश्कर्ष प्रस्तुत गर्दै मन्त्रालयका सचिव महेश दाहालले मुलुकभित्र अझ पनि धेरै रोजगारीका अवसर नभइरहेको अर्कातर्फ उपलव्ध रोजगारीमा बाह्य मुुलुकका नागरिक संलग्न रहेको विरोधाभाषपूर्ण तथ्याँक रहेको बताए उनले तथ्यतथ्याँकमा अझै पनि कमि रहेको, बैदेशिक रोजगारलाई उपलव्धीमूलक बनाउन थप प्रयत्न गर्नुपर्ने तथा मुलुकमा श्रमको सम्मानको वातावरण निर्माण गर्नुपर्ने विषयमा सम्मेलनको निश्कर्षका रुपमा प्रस्तुत गरे

कार्यक्रम समापनका अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, आइएलओका नेपाल प्रतिनिधि रिचार्ड हावर्ड, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवाल, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ लगायतले बोलेका थिए   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय