घरेलु काममा जान बन्देजले समस्या

काठमाडौं, असार १६-

घरेलु काममा जान लगाइएको बन्देजले समस्या बढाएको भन्दै यस क्षेत्रमा कार्यरतहरुले त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन् संसदिय समितिको सिफारिसमा घरेलु काममा जान लगाइएको बन्देज दुई बर्ष भन्दा धेरै समय हुँदा पनि कायमै  

बैदेशिक रोजगार लैंगिक विषयमा कार्यरत सरु जोशीले बन्देजका कारण थुप्रै महिला घर फर्कन नपाएको, बाल बच्चा तथा परिवार भेटन नपाएको भन्दै बन्देजका विषयमा पुनर्विचारको आवश्यकता औंल्याइन्  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै अधिकारकर्मी जोशीले बन्देज लगाउँदा धेरै महिला अहिले पनि अवैधानिक बाटोबाट बैदेशिक रोजगारमा गइरहेको भन्दै यसले जोखिम अझ बढाएको उनले बताइन्

छलफलमा कार्यपत्र प्रस्तुत गर्दै जेनेभास्थीत नेपाली नियोगका नेपाली प्रतिनिधि दिपक धितालले हाल बैदेशिक रोजगारमा महिलाको सहभागिता प्रतिशत रहेको भन्दै महिलाको सहभागिता बृद्धि गर्न आवश्यक रहेको धारणा राखे   

यसैबीच बैदेशिक रोजगारमा कमाउने रकम उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसकिरहेको गुनासोलाई सम्वोधन गर्न श्रमिक सहकारी उचित हुने यस क्षेत्रमा कार्यरतले बताएका छन् बैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) का बारेमा अध्ययन गरिरहेका अध्येता लेखनाथ पौडेलले एकल रुपमा लगानी सम्भव नहुने अवस्थामा सामुहिक लगानीको अवधारणालाई राज्यले प्रोत्साहित गर्नुपर्ने बताए

अध्येता पौडेलले हालसम्म बैदेशिक रोजगारबाट भइरहेको आम्दानीबाट धेरै परिवारको वित्त व्यवस्थापन भइरहेको भन्दै अव त्यसलाई लगानीमा रुपान्तरण गर्न आवश्यक भएको बताए उनले बैदेशिक रोजगारमा रहेकाहरुको समुह बनाएर उत्पादनमुलक क्षेत्रमा विप्रेषणको लगानी गर्ने राज्यको नीति हुनुपर्ने भन्दै त्यसका लागि प्रोत्साहन गर्न सुझाव दिए  

यसैगरी अध्येता पौडेलले परराष्ट्र मन्त्रालयको प्राथमिकतामा श्रम कुटनीति अत्यन्तै न्यून प्राथमिकतामा रहेको भन्दै त्यसमा पनि सुधारको आग्रह गरे उनले खाडीका मुलुक, मलेसिया लगायतका मुलुकमा रहेका नेपाली दूतावासको प्राथमिक काम नै श्रम कुटनीति रहेको भन्दै त्यसका लागि परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने बताए

सो अवसरमा बैदेशिक रोजगारको क्षेत्रका जानकार डा. गणेश गुरुङले बैदेशिक रोजगारमा जाने नेपालीको आर्थिक प्राथकिता फरक रहेको धारणा राखे उनले बैदेशिक रोजगारबाट कमाएको रकम उनीहरु नेपालमा कुनै ठूलो उद्योगमा लगानी गर्ने सपना नदेख्ने त्यो सम्भव पनि नभएको भन्दै उनीहरुको आफ्नै घर परिवारको आवश्यकता पूरा गर्नु उनीहरुको प्राथमिकता भएको धारणा राखे

 

कार्यक्रममा अध्येता डा. जीवन बानियाँले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका संघिय सरकारले ल्याएका रोजगार लक्षित कार्यक्रमलाई प्रदेश स्थानीय सरकारले स्वामित्व ग्रहण गर्ने वातावरण तयार पार्नुपर्ने बताए

यो पनि पढ्नुहोस मैले प्रधानमन्त्री छोड्दासम्ममा बेरोजगारको संख्या घटेको हुनुपर्नेछः प्रधानमन्त्री ओली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: