काठमाडौं, असार १३-
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियाली भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । यस बर्ष १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।
उत्तिर्ण भएका मध्ये ९ हजार १ सय ४३ जना उत्पादनमुलक क्षेत्र तथा २ हजार ८ सय ७६ जना कृषि क्षेत्रका लागि उत्तिर्ण भएका छन् । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । ति मध्ये कुल १० हजार ५० जना नेपालीलाई रोजगारीका लागि दक्षिण कोरियाले लैजाने गरी यसअघि नै कोटा तोकेको छ ।
