विदेशबाट ल्याउने टीभिको भन्सार सम्वन्धि यस्तो छ व्यवस्था

काठमाडौं, असार ११-

सरकारले विदेशबाट आउनेले ल्याउने एलसीडी, प्लाज्मा वा एलईडी टेलिभिजनमा भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करको सट्टा समदरमा एकमुष्ट ५५ प्रतिशत भन्सार महशुल असुल्ने व्यवस्था गरेको छ । आर्थिक बर्ष २०७६ ७७ को बार्षिक बजेट मार्फत यस्तो व्यवस्था भएको हो ।

तर बैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी आउने नेपाली नागरिकको हकमा भनें एक पटकको लागि अभिलेखवद्ध गरी उनीहरुले ल्याएको एउटा जुनसुकै प्रकारको ३२ ईञ्चसम्मको टेलिभिजनमा लाग्ने सम्पूर्ण कर महशुल छुट दिने व्यवस्था सरकारले गरेको छ । सो भन्दा बढी ईञ्चको टेलिभिजन ल्याएमा भनें सो छुट नपाइने भएको छ । यो यसअघिको व्यवस्था अनुसार नै हो । सरकारले बजेट मार्फत विदेशबाट ल्याउने सुन र सुनका गहनाका विषयमा भनें नयाँ व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस् एजेण्ट भागेको भाग्यै, पीडित खोजेको खोज्यै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: