८ महिनादेखि कतारमा खाना न पानी

काठमाडौं, असार १०-

कतारको एक कम्पनीमा कार्यरत नेपाली ८ महिनादेखि कम्पनीबाट तलव नपाएर पीडित भएका छन् । कतारस्थित टेक्नो मेटल कम्पनीले ति श्रमिकलाई ८ महिनाको वीचमा एकपटक जनही २ सय सय रियाल र अर्को एकपटक ६ सय रियाल दिएको पीडितले गुनासो गरेका छन् ।

जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटवालका अनुसार ति नेपाली श्रमिकलाई खान समेत समस्या परेकोले तत्कालका लागि नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट सहयोग समुह, कतारले केहि खाद्यान्न सहयोग गरेको छ ।

कम्पनीबाट तलव नपाएर अलपत्र पर्नेहरुमा नरेश बहादुर बि. क. (स्याङ्जा), सिङ्गी तामाङ(दोलखा), रेशम बहादुर पहारी(सिन्धुपाल्चोक), छविलाल घले(सिन्धुली)पृथ विक्रम घर्ती(प्युठान), शेर बहादुर बि. क.(गुल्मी), राजेन्द्र खड्का(गुल्मी), सहदेव यादव(सप्तरी), बेगम बहादुर खड्का(गुल्मी), धोम बहादुर खड्का(गुल्मी) रहेका छन् । 

यो पनि पढ्नुहोस् कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय