प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शीः मन्त्री विष्ट

 

काठमाडौँ, असार ९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी रुपमा अगाडी बढेको बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री विष्टले सो कार्यक्रम स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुका लागि रोजगारी सुनिश्चित गर्न ल्याइएको प्रष्ट पारे ।  

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री विष्टले बैदेशिक रोजगारलाई पनि व्यवस्थीत बनाउन सरकार प्रयत्नशिल रहेको जानकारी गराए । उनले बैदेशिक रोजगारमा जान चाहने नेपालीलाई सीप सिकाएर दक्ष बनाएर मात्र बैदेशिक रोजगारमा जाने व्यवस्था गरेको बताए । उनले बैदेशिक रोजगारका लागि नेपालका तर्फबाट मलेसिया र जापानसँग सम्झौता भएको जानकारी गराए । उनले नयाँ स्वास्थ्य संस्था सुचिकरणको काम सकिने वित्तिकै मलेसियाको रोजगारी सुरु हुने जानकारी पनि गराए ।

मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म ३ हजार १ सय ४६ प्रतिष्ठान सूचीकृत भएको जानकारी गराए । 

सरकारले शारिरीक काम गर्नेहरुका लागि मात्र नभई बौद्धिक श्रम गर्नेहरुका लागि समेत रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताए । उनले आगामी बर्ष थप ५ लाख नेपालीलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने बताए । 

उनले कार्यथलोलाई व्यवस्थीत गर्न श्रम अडिटलाई प्राथमिकता दिइएको भन्दै बैशाख मसान्तसम्ममा ३ सय ५४ वटा प्रतिष्ठानहरुमा श्रम अडिट सम्पन्न भइसकेको जानकारी दिए । 

यो पनि पढ्नुहोस् नेपाल फर्केपछि मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: