नेपाल फर्केपछि मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाउने, कोेमाका विरामीका बारेमा अध्ययन गर्न समिति गठन

काठमाडौं, असार ९-

बैदेशिक रोजगारका लागि गएर श्रम स्वीकृति अवधि भित्रै विरामी भर्ई नेपाल फर्केको अवस्थामा उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले सरकारले दिंदै आएको क्षतिपूर्ति (राहत) रकम पाउने भएका छन्  आइतवार बसेको बैदेशिक रोजगार बोर्डको बैठकले श्रम स्वीकृतिको अवधि भित्रै नेपालमा मृत्यु भएकाहरुलाई क्षतिपूर्ति (राहत) उपलव्ध गराउने निर्णय गरेको हो

विगत लामो समयदेखि अलमलमा रहेको सो विषयमा निर्णय भएसँगै सय १४ परिवार यसबाट लाभान्वित हुने भएका छन् ति परिवारले दिएको निवेदन बैदेशिक रोजगार बोर्डमा एक बर्षभन्दा लामो समयदेखि निर्णय हुन नसक्दा उनीहरु राहत रकम पाउनबाट वञ्चित थिए अव उनीहरुले बैदेशिक रोजगार बोर्ड मार्फत सरकारले उपलव्ध गराउने क्षतिपूर्ति (राहत) रकम पाउने छन् हाल बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका सोही अवधिभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई रु. लाख उपलव्ध गराउँदै आएको । 

यसरी मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता दिन बोर्डले थप ६ करोड ६६ लाख व्यवस्था गरेको  छ । यसअघि त्यसरी निवेदन दिएकाहरुको निवेदन तथा कागजात अध्ययन गर्न अघिल्लो बोर्ड बैठकले समिति गठन गरेको थियो । सो समितिको सिफारिस अनुसार नै आर्थिक सहायता उपलव्ध गराउने निर्णय भएको हो । 

यसैगरी विदेशमा कोमामा रहेका विरामीलाई नेपाल फर्काउने विषयमा पनि अध्ययन गरिने भएको यसका लागि बोर्डले विशेषज्ञ सम्मिलित एक समिति गठन गर्ने निर्णय गरेको बैठकमा सहभागि अधिवक्ता निशा बानियाँले विदेशका अस्पतालमा हाल २८ जना नेपाली कोमामा रहेको  उनीहरुलाई स्वदेश ल्याउनु मानविय कर्तव्य भएको धारणा राखेको बताइन् उनले २८ जना मध्ये आधाजसोलाई थेरापी गरेर राख्न सकिने बाँकी आधाको विषयमा नेपालको अस्पतालहरुमा सुविधा थपेर व्यवस्था गर्नुपर्ने बताइन् सो विषयमा नेपालमा ल्याउने सम्भाव्यताका विषयमा अध्ययन गरी रायसल्लाह दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैदेशि रोजगार  महाशाखा प्रमुखको संयोजकत्वमा चिकित्सकहरु समेत सम्मिलित समिति बनाइएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: