सुमित्राका भाई दूतावासको सम्पर्कमा आए

काठमाडौं, असार ८-

कुवेतमा मृत्यु भएर शव नेपाल पठाउन आफन्त पत्ता नलागेकी महिलाका विषयमा समाचार प्रकाशित भएपछि उनका आफन्त कुवेतस्थीत नेपाली दूतावासको सम्पर्कमा पुगेका छन् । कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत झापाकी सुमित्रा जवेगुको गत मे २८ मा मृत्यु भएको थियो । उनको शव नेपाल पठाउन खोज्दा परिवार नभेटिएपछि दूतावासले उनको खोजिका लागि सञ्चार माध्यमसँग सहयोग मागेको थियो । सुमित्राका बारेमा देश परदेश लगायत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

कुवेतस्थीत नेपाली दूतावासका द्धितिय सचिव ज्ञान बहादुर मगरका अनुसार हाल सुमित्राको परिवारका सदस्यले दूतावासमा सम्पर्क गरिसकेका छन् । द्धितिय सचिव मगरका अनुसार मृतकका भाईले दूतावासमा सम्पर्क गरेका हुन् । समाचार प्रकाशित भएपछि सुमित्राका भाई नैन लिम्वू लगायतको खोजिका लागि विभिन्न गैरसरकारी संस्था तथा सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कार्यरत व्यक्तिहरुले प्रयत्न गरेका थिए । दूतावासका द्धितिय सचिव मगरले सुमित्राका आफन्त खोज्न सघाउने सवैलाइ धन्यवाद दिएका छन् ।

उनका बारेमा यसअघि प्रकाशित समाचारः मृत्यु भएकी महिलाका आफन्तलाई सम्पर्कमा आउन दूतावासको आग्रह

यो पनि पढ्नुहोस् मलेसियामा अवैधानिक कामदार पक्राउः सवैभन्दा धेरै ईण्डोनेसियन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: