मलेसियामा अवैधानिक कामदार पक्राउः सवैभन्दा धेरै ईण्डोनेसियन

क्वालालम्पुर, असार ८

मलेसियामा अवैधानिक रुपमा बस्दै आएका विदेश कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान अन्तर्गत सन् २०१९ को ६ महिना भित्रमा ९ हजार ६ सय ५४ जना पक्राउ परेका छन् । मलेसियाको अध्यागमन विभागलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै ईण्डोनेसियाका नागरिक रहेको जनाएका छन् । 

यसरी पक्राउ पर्नेहरुमा ईण्डोनेसियनहरुको संख्या ३ हजार ७ सय ६७ रहेको छ । यसैगरी म्यानमानरका २ हजार १ सय ५, बंगलादेशी १ हजार ५ सय ९४, भारतीय ५ सय २५। भियतनामी २ सय ९४, पाकिस्तानी २ सय ६३, थाई २ सय २६, फिलिपिनो २ सय २२ जना छन् । 

यसैगरी नेपाली १ सय ९३, नाइजेरियाका १  सय ५० तथा ३ सय १५ जना अन्य मुलुकका रहेका छन् । 

अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारको खोजीका लागि ६ महिना भित्रमा ८ हजार भन्दा धेरै पटक प्रहरी परिचालन भएको र सो क्रममा १ लाख भन्दा धेरै विदेशी नागरिकको जाँच गरिएको समाचारमा जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय