नेपाल र मलेसियाबीच छलफल, एक महिना भित्रैमा बैठक बस्ने

काठमाडौं, असार ५-

नेपाल र मलेसियाबीच श्रमिक आदानप्रदानका विषयमा देखिएको अन्यौलका विषयमा छलफल भएको छ । अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहाल र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनबीच यस विषयमा छलफल भएको हो ।

मंगलबार साँझ भएको भेटका क्रममा दुई देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको नेपाली प्रतिनिधि मण्डलमा रहेका मन्त्रालयका सह-सचिव राम प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने विषयमा कुराकानी भएको थियो । सो कामका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक कमिटीको बैठक बस्ने भएको छ। छलफलमा दुवै देशले हालसम्म गरेका तयारीका बारेमा जानकारी गराएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: