सिंगापुरमा पठाउँछु भन्दै पैसा उठाउँदै, एकै व्यक्तिद्धारा ६ करोड ठगि !

काठमाडौं, असार ४-

सिंगापुरमा क्रुजमा काम लगाइदिने प्रलोभन देखाई ३ सय भन्दा बढी व्यक्तिलाई ६ करोड भन्दा धेरै ठगेको अभियोगमा प्रहरीले प्रविन पौडेललाई पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका बस्ने नुवाकोटका पौडेलले ३ सय भन्दा धेरै व्यक्तिलाई ठगि गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको महानगरिय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

प्रहरीका अनुसार पौडेलले काठमाडौंको विशालनगरमा द एप्रेन्टाइस फर्म नामको तालिम प्रदायक संस्था सञ्चालन गर्दथे । उनले सिंगापुरमा मासिक ६ सय ५० डलर तलव हुने रोजगारीमा पठाउने भन्दै भारतको दिल्ली र लखनउमा पठाएर सोल्स नामक तालिम दिलाउने गरेका थिए । सो तालिम पानीजहाजमा काम गर्नेहरुलाई आवश्यक पर्ने तालिम हो ।

यसरी तालिम लिनेहरुसँग प्रकृयाका लागि लाग्ने खर्च भन्दै प्रतिव्यक्ति रु ५ लाख असुल्ने गरेको उजुरी परेको छ । पौडेलको संस्थाबाट तालिम लिएर रकम बुझाएर पनि सिंगापुर जान नपाएका तीर्थ हमालले प्रहरीमा उजुरी हालेका थिए । उजुरी पश्चात प्रहरीले पौडेललाई मकवानपुरको बाइपासबाट पक्राउ गरेको हो । उनीबाट ठगिमा परेको भएमा प्रहरीमा सम्पर्क गर्न महाशाखाका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् विशाक्त रक्सीले नेपाली सहित फेरी ४ जनाको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: