विशाक्त रक्सीले नेपाली सहित फेरी ४ जनाको मृत्यु

जोहरबारु, असार ४-

मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित चार जनाको मृत्यु भएको छ । जोहरबारु प्रहरी प्रमुख मोहम्मद खलिल केडरले यसरी मृत्यु हुनेहरुमा एक नेपाली, एक पाकिस्तानी र एक भारतीय रहेको जनाएका छन् ।

मलेसियाली सञ्चार माध्यम द स्टारका अनुसार मृत्यु हुने सवैले मेन्थल हालिएको विशाक्त रक्सी पिएका थिए । मृत्यु भएकाहरु सवैको उमेर ३० देखि ४० को बीचमा रहेको जनाइएको छ । घटना पछिल्लो ४८ घण्टा भित्रको रहेको समाचारमा उल्लेख छ ।

प्रहरीले सो घटनापछि एउटा समुह नै बनाएर विशाक्त मदिरा बेच्नेहरुको खोजि थालिएको र हालसम्म ९ जनालाई पक्राउ गरिएको जनाएको छ । दक्षिण जोहरबारु, सेरी आलम तथा कुलालीमा उनीहरु पक्राउ परेको जनाइएको छ । जोहरबाहरुमा पहिलो पटक यस्तो मदिरा सेवनका कारण व्यक्तिको ज्यान गएको प्रहरीको भनाई छ । 

यहि हप्ता क्वालालम्पुरमा विशाक्त रक्सी सेवनकै कारण ६ जनाको ज्यान गएको थियो । सो घटनामा भनें कुनै पनि नेपाली परेका थिएनन् । गत बर्ष यस्तै विशाक्त रक्सी सेवनका कारण मलेसियामा १३ जना नेपालीको ज्यान गएको थियो । 

यो पनि पढ्नुहोस् मलेशियामा सावधान, लैजाला रक्सीले ज्यान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: