मलेशियामा सावधान, लैजाला रक्सीले ज्यान

काठमाडौं, असार ३-

गत बर्षको असोजमा मलेशियामा एउटा ठूलो घटना भयो । विभिन्न ब्राण्डको बोतलमा तथा प्लाष्टिकको बोतलमा प्याक गरिएका विशाक्त रक्सी सेवनका कारण १३ जना नेपालीले ज्यान गुमाए । सो घटनामा ठूलो संख्यामा हताहती हुनेहरु नेपाली नै थिए ।

सो घटना पश्चात क्वालालम्पुरस्थीत नेपाली दूतावासले मदिरा सेवनका विषयमा सचेत हुन आग्रह गर्दै केहि कार्यक्रम पनि गर्यो भनें मलेशियाको स्वास्थ्य मन्त्रालयले विशाक्त मदिरा सेवनका बारेमा पोष्टरहरु तयार पारेर सचेत बनायो ।

सो घटनाको ९ महिनापछि पुनः मलेशियामा विशाक्त मदिराकै कारण ६ जनाले ज्यान गुमाए । यसपटक ज्यान गुमाउनेहरुमा नेपाली भनें नपर्नु नेपालका लागि सुखद कुरा हो । तर सो घटनाले पुनः  मलेशियामा विशाक्त मदिराको विगविगि कायमै रहेको मात्र संकेत गरेन, खतराको घण्टी बजाएको छ ।

विशाक्त मदिरा सहजै चिन्न मुस्किल छ । नाम चलेका हेवीस्की तथा वियरको ब्राण्डमा विक्रि गरिने त्यस्ता घरेलु मदिरामा अत्यधिक मात्रामा मेन्थोलको प्रयोग हुने गरेको मलेशियाका सरकारी अधिकारीहरुले जनाएका छन् । तर आफूले सेवन गरेको मदिरा विशाक्त भएको केहि संकेतबाट भनें थाहा पाउन सकिन्छ ।

मलेशियाको स्वास्थ्य मन्त्रालयका अनुसार मदिरा सेवन गरेपश्चात श्वास फेर्न मुस्किल परेमा, पेट दुखेमा, हेर्दा धमिलो देखिन थालेमा त्यो विशक्त मदिराको लक्षण हुन सक्दछ । यसैगरी रिंगटा लागेर वान्ता हुन थालेमा, झाडावान्ता भएमा, असाध्यै धेरै टाउको दुखेमा, खुट्टा वाउँडिएमा, काम्न थालेमा, बेहोस भएमा मदिरा विशाक्त भएको यकिन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले त्यस्ता घरेलु रक्सीमा प्रयोग हुने मेन्थोल विष हो भन्दै आफ्नो जीवनको रक्षाका लागि विशाक्त मदिरा सेवनबाट बच्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा विशाक्त रक्सी सेवनका कारण ६ जनाको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: