मलेसियामा विशाक्त रक्सी सेवनका कारण ६ जनाको मृत्यु

क्वालालम्पुर, असार २-

मलेसियामा विशाक्त रक्सी सेवनका कारण ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुईजना मलेसियन नागरिक रहेका छन् भनें तीनजना म्यानमारका नागरिक तथा एक भारतीय रहेका छन् ।

मलेसियाको अनलाईन द स्टारका अनुसार ७ जना म्यानमारका नागरिकको पेनाङ स्थीत एक अस्पतालमा उपचार भइरहेको छ । मेन्थलको अत्यधिक प्रयोग गरि बनाइएको रक्सी सेवनका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सो विशाक्त मदिरा विश्वसनिय ब्राण्डको बोतलमा हालिएको थियो जसका कारण सेवनकर्ताले पहिचान गर्न नसकेको हुनसक्ने जनाइएको छ । घटनापश्चात प्रहरीले छापा मारेर ८ हजार रिंगिट बरावरको रक्सी बरामद गरेको जनाइएको छ ।

यसअघि गत सेप्टेम्वरमा यसरी नै विशाक्त रक्सी सेवनका कारण मलेसियामा १३ जना नेपाली सहित ३३ जनाको मृत्यु भएको थियो ।

पुनः विशाक्त रक्सीका कारण मलेसियामा ६ जनाको मृत्यु भएका कारण मदिरा सेवनको विषयमा सजगता अपनाउनु पर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस् तालिम छैन ? त्यसो भए बैदेशिक रोजगारमा जान पाइन्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: