संसदमा दुई साँसदले उठाए श्रमिकको आवाज

काठमाडौं, असार १-

प्रतिनिधिसभाको आइतवारको बैठकमा साँसदहरुले घरेलु कामदार सम्वन्धि अभिसन्धि १८९ अनुमोदान गर्न माग गरेका छन् । यसैगरी घरेलु श्रमिकको पञ्जिकरणको माग पनि उठेको छ ।

संसदमा शुन्य समयमा बोल्दै साँसद विन्दा पाण्डेले देवानी संहिता, २०७५ अनुसार घरेलु कामदारको दर्ता हुनुपर्ने माग गरिन् । यसैगरी उनले घरेलु कामदारको अधिकार स्थापित गर्ने आइएलओ अभिसन्धी १८९ अनुमोदन गर्न समेत माग गरिन् ।

यसैगरी शुन्य समयमा नै बोल्दै साँसद वीना श्रेष्ठले पनि घरेलु श्रमिक पञ्जिकरण र अभिसन्धि अनुमोदनको माग गरिन् । विभिन्न समयमा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नेतृत्वमा रहेर श्रमिकको अधिकारका लागि कृयाशिल रहेका दुवै साँसद नेकपाका हुन् ।

भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/jcQnZ4Km9lc” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: