दूतावासले भन्योः जथाभावी कार्यक्रम नगर्नु

काठमाडौं, जेठ ३१-

मलेसियास्थीत नेपाली दूतावासले विभिन्न धार्मिक तथा साँस्कृतिक महोत्सवको विदाको अवसरमा कलाकारहरुलाई निम्ता गरेर कार्यक्रम आयोजना गर्दा सचेतना अपनाउन आग्रह गरेको छ । दूतावासले विज्ञप्ती निकाल्दै कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम आयोजन ागर्न र प्रकृया पूरा गरेको जानकारी दूतावासलाई दिन आग्रह गरेको छ ।

यसैगरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय भाषा, धर्म र संस्कृति समेतको उचित ख्याल राख्न र त्यस विपरित कुनै काम नगर्न सचेत गराएको छ ।

मलेसियामा कार्यक्रमका लागि आउने कलाकारलाई सम्वन्धित भिसा(भिजिट पास प्राफेसनल) प्राप्त भएपछि मात्र कार्यक्रममा सहभागि हुन पनि अनुरोध गरेको छ । मलेसियामा केहि दिन अगाडी तीनजना कलाकारसहित केहि नेपाली कार्यक्रमकै दौरान पक्राउ परेका थिए । उनीहरुलाई भिजिट भिसामा गएर कार्यक्रम गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । (तस्वीर साँकेतिक रुपमा प्रयोग गरिएको हो ।)

यो पनि पढ्नुहोस् नेपाल र युएईबीच भयो श्रम समझदारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: