मलेशियामा विदेशी कामदार सम्वन्धि नीति बनाउन अझै ढिलाई हुने, मन्त्रालयहरु बीच नै विवाद

क्वालालम्पुर, जेठ  ३०-

मलेशियाले विदेशी कामदार व्यवस्थापनका लागि बनाएको कमिटीले रिपोर्ट बुझाएको महिनौं वितिसक्दा पनि त्यो सार्वजनिक हुन सकेको छैन । सो रिपोर्ट सार्वजनिक गर्ने, नगर्ने विषयमा मन्त्रीपरिषदमा नै विवाद भएको मलेशियाका सञ्चार माध्यमले लेखेका छन् ।

सो रिपोर्टले मलेशियामा विदेशी कामदार व्यवस्थापनको जिम्मा मानव संशाधन मन्त्रालयलाई दिइनु पर्ने सुझाव दिएको श्रोतलाई उधृत गर्दै समाचारमा लेखिएको छ । हालसम्म विदेशी कामदार व्यवस्थापन सम्वन्धि काम गृह मन्त्रालयले गर्दै आएको छ । तसर्थ गृह मन्त्रालयको असहमतिका कारण सो रिपोर्ट सार्वजनिक हुन नसकेको समाचारमा उल्लेख  छ ।

गत अगष्ट, २०१८ मा पूर्व न्यायाधिशको अध्यक्षतामा गठित कमिटीले ६ महिना अध्ययन गरी सन् २०१९ को फेब्रुअरीमा सरकारकालाई रिपोर्ट बुझाएको थियो । सो रिपोर्टमा विदेशी कामदार लिन अपनाउनु पर्ने नीति, मलेशियामा रहँदा विदेशी कामदारले पाउने तलव सुविधाको ग्यारेण्टीको उपाय लगायतमा सुझाव दिइएको समाचारमा उल्लेख छ । बिभिन्न गैरसरकारी संस्थाहरुले रिपोर्ट सार्वजनिक गर्न दवाव दिइरहेका छन् । मानव संशाधन मन्त्री एम कुलासेगरनले सो रिपोर्ट छिट्टै सार्वजनिक हुने बताएपनि महिनौं वित्दा समेत रिपोर्ट सार्वजनिक हुन सकेको छैन । 

यो पनि पढ्नुहोस् साँसदको प्रश्नः विदेशमा भएका नेपालीले कहिले भोट हाल्न पाउने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: