मौरिसससँग नेपालको भयो श्रम समझदारी, यस्ता छन् नेपाली श्रमिकले पाउने सुविधा

काठमाडौं, जेठ २८-

नेपाल र मौरिससबीच श्रम समझदारी भएको छ । स्वीजरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रमका बीच दुई देशबीच समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मौरिससका तर्फबाट मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गरेका हुन् ।  

श्रम समझदारीमा दुवै मुलुकहरु पारदर्शीता, निष्पक्ष र नैतिकतामा आधारीत रहेर श्रमिक भर्ना, छनौट र परिचालनको सिद्धान्त प्रति प्रतिवद्ध रहेको उल्लेख छ । यसैगरी कामदारको छनौट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने विषय त्यसमा समेटिएको जनाइएको छ ।

दुवै मुलुक कामदारलाई नाजायज तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रण गर्न प्रतिवद्ध रहेको, सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण गर्न दुबै देश सहमत भएको जनाइएको छ । 

रोजगारदाताको कमि कमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार वेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्नेमा पनि दुवै देश सहमत रहेको जनाइएको छ ।

नेपाली श्रमिकलाई मौरिससका नागरिकको न्यूनतम ज्याला भन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनु पर्ने विषयमा मौरिसस सहमत भएको छ । कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने मान्यतालाई स्थापित गरिएको पनि जानकारी दिइएको छ । मौरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायी बीचको प्रत्यक्ष समन्वयमा कामदारलाई पठाउने व्यवस्था गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिससमा होटल, अतिथी सत्कार र म्यानुफ्याक्चरिङ क्षेत्रमा ठुलो संख्यामा नेपाली कामदारलाई पठाउन सकिने अपेक्षा गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: