अव कोहि पनि काम नपाएर विदेशिनु पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २४-

भक्तपुरका चार वटा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय व्यक्तिले आँशिक समयको रोजगारी पाएका छन् । उनीहरुका लागि यस आर्थिक बर्षमा कम्तीमा एक महिनाको रोजगारी उपलव्ध भएको हो ।

भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब कोही पनि काम नपाएर विदेशिनु नपर्ने बताए । उनले काम गर्न चाहनेहरुलाई स्वदेशमा नै रोजगारी उपलव्ध हुने भन्दै त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको बताए ।

अव सरकारले घर घरमा पुगेर रोजगारी दिने भन्दै नेपाली युवालाई स्वदेशमा नै रोजगारी उपलव्ध गराउने सरकारको नीति अनुसार वर्तमान सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । 

सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ लाख युवालाई स्वदेशमा नै रोजगारी उपलव्ध गराइने प्रतिवद्धता दोहोर्याए । सोही अनुसार हाल देशभरी नै रोजगारीको लहर चलिरहेको भन्दै मन्त्री विष्टले भक्तपुरमा पनि तत्कालका लागि ७ सय व्यक्तिले थप रोजगारी पाएको बताए । आगामी दिनमा  प्रदेश र स्थानिय तहसँग सहकार्य गरी बेरोजगारी अन्त्य गर्ने तर्फ काम गरिने मन्त्री विष्टको भनाई थियो ।

भक्तपुरमा करीब एक हजार ५०० युवाले बेरोजगारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्ट, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त युवाले आजै सडक खनेर कामको शुरुआत गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय