![मलेशियामा नेपाली कलाकारहरु सहित सँगितिक कार्यक्रमका आयोजक प्रहरी नियन्त्रणमा](https://deshparadesh.com/wp-content/uploads/2019/06/Artist-Malaysia.jpg)
अर्जुन काफ्ले, मोरङ, जेठ २३-
मलेसियाको क्वालालम्पुरस्थीत कोतराया कम्प्लेक्समा भएको एसएसओजि धमका १ मा सहभागी गायिकाहरु श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङ्देम्बे सहित २६ जना नेपाली कलाकार र दर्शकलाई मलेसियाको अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको छ । मलेसियामा कार्यरत पत्रकार दिपक सुनाखरीका अनुसार अध्यागमनले उनस्हरुलाई भिजिट भिसामा मलेसिया पुगेर साँगितिक कार्यक्रम गरेको आरोपमा अध्यागमनले नियन्त्रणमा लिएको हो ।
हरिराया (इद) को अवसर पारेर साङ्गितिक मनोरञ्जन गराउन नेपाल देखि पुगेका ति कलाकारहरु सहभागि कार्यक्रममा स्थानीय समय अनुसार दिउँसो ३ बजे प्रहरीले छापा हानेको थियो । नेपालबाट पुगेका कलाकारहरुले आफ्नो प्रस्तुति दिन नपाउदै अध्यागमनको छापा परेपछि कार्यक्रम नै स्थगित भएको थियो भने दर्शकहरुमा त्रास छाएको थियो।
मलेसियन अध्यागमनद्वारा पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा लगिएको छ। मलेसियामा साङ्गितिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने हुन्छ।