
काठमाडौं, जेठ २३-
बैदेशिक रोजगार विभागले विगतमा एजेण्टको काम गर्ने व्यक्तिहरुलाई सो काम जारी नराख्न सुचित गरेको छ । त्यसरी कसैले एजेण्टको काम गरिरहेमा कडा कारवाही गरिने चेतावनी विभागले दिएको छ ।
विभागले सुचना जारी गर्दै बैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केहि नेपाल ऐन संशोधन मार्फत संशोधन भइसकेको हुनाले कुनै पनि व्यक्तिलाई बैद ेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा मेनपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति नराख्न सुचित गरेको हो ।
केहि नेपाल ऐन संशोधनले अव बैदेशिक रोजगार व्यवसायीले जिल्ला कार्यालय मार्फत काम गर्नुपर्नेछ । विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले अव कानूनले व्यवसायीका कर्मचारीलाई मात्र चिन्ने भन्दै कसैले एजेण्टको काम गरेमा कारवाही गरिने बताएका छन् ।