जापानको रोजगारीको पर्खाइमा रहेकाहरुलाई महानिर्देशक भुसालले गराए सजग

बुटवल, जेठ १९-

बैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर विष्णुकुमार भुसालले जापान जाने पठाउने नाममा ठूलो चलखेल भईरहेको भन्दै यसमा सतर्क रहन आग्रह गरेका छन् उनले कसैले  भनेकै आधारमा नलाग्न आग्रह गर्दै जापानको रोजगारीको विषय अहिले धेरैका लागि कमाई खाने भाँडो भएको बताए

रिपोर्टर्स क्लवले आईतबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महानिर्देशक भुसालले जापानको रोजगारीमा जान पाइने प्रलोभनमा धेरै रकम खर्च नगर्न आग्रह गर्दै विभागका तर्फबाट हरेक नागरिकलाई सुचनामा सहज पहुँचका लागि अनलाईन पद्वतिबाट श्रम स्वीकृति, नविकरण जस्ता विभिन्न सेवा उपलब्ध गराउने तयारी गरिरहेको बताए

उनले सो अवसरमा बैदेशिक रोजगारमा जानेको संख्यामा उल्लेख्य गिरावट आएको भन्दै स्वदेशकै रोजगारीमा युवाको आकर्षण बढ्नु, बदमासी रोक्न सरकारी सकृयता तथा जानेहरुले पनि राम्रो कमाई हुने मुलुक मात्र रोज्न थालेका कारण विदेश जानेको संख्या घटेको तर्क गरे

बैदेशीक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि कर्मचारी व्यवसायीको शुद्विकरण गर्न लागिएको भन्दै महानिर्देशक भुसालले बैदेशिक रोजगारलाई हेर्ने बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक भएको धारणा राखे

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: