मेनपावर व्यवसायीले विदेश उडाउन रोके

काठमाडौं, जेठ १७

वैदेशिक रोजगार व्यवसायीले रोजगारीका लागि विदेश जानेहरुको उडान आजदेखि रोकेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ(नाफिया)ले गत जेठ ३ गते आयोजना गरेको बृहत व्यवसायी भेलाले ६ बुँदे माग अगाडी सार्दै आफ्ना माग पुरा नभए एक हप्ताका लागि जेठ १७ देखि उडान रोक्ने निर्णय गरेको थियो ।

संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले शुक्रवार देखि एक साताका लागि कुनै पनि व्यवसायीले आफ्नो कम्पनी मार्फत रोजगारीका लागि जाने व्यक्तिको टिकट नकाटेको बताए । उनले संघका सदस्यहरुलाई माग पुरा नभएका कारण टिकट नकाट्ना जानकारी गराइएको बताए ।

व्यवसायीले टिकट नकाटेपछि रोजगारीका लागि विदेशिनेहरु जेठ २३ गतेसम्म विदेश जान नपाउने अवस्था सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस् विदेशबाट ल्याउन पाउने सुन र गहनामा नयाँ व्यवस्था

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: