विदेशबाट ल्याउन पाउने सुन र गहनामा नयाँ व्यवस्था

काठमाडैं, जेठ १७-

विदेशबाट आउँदा ल्याउन पाउने सुन र सुनका गहनामा बजेट मार्फत सरकारले नयाँ व्यवस्था गरेको छ । सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयक २०७६ ले विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाण बढाएको छ । योसँगै भन्सार महशुल पनि बृद्धि गरेको छ ।

नयाँ व्यवस्था अनुसार विदेशबाट ल्याउन पाउने काँचो सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय भन्सार महशुल तोकिएको छ । गतबर्ष यस्तो शुल्क प्रति १० ग्राम ५ हजार २ सय थियो । यसैगरी ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय भन्सार महशुल तिर्नुपर्ने भएको छ । गत बर्ष सो शुल्क ६ हजार २ सय थियो । यसरी विदेशबाट आउनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा अव भन्सार महशुल वापत ६७ हजार भन्सार महशुल तिर्नुपर्ने छ ।

यसैगरी विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि सरकारले बृद्धि गरेको छ । यसअघि विदेशबाट आउँदा ५० ग्रामसम्म सुनका गहना विना कुनै भन्सार शुल्क ल्याउन पाउने व्यवस्था रहेकोमा सरकारले त्यसलाई कायमै राखेको छ । तर त्यसभन्दा बढी मात्रामा सुनको गहना ल्याएमा यसअघि जफत हुने गरेकोमा आर्थिक विधेयक मार्फत सरकारले थप १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । जसमध्ये ५० ग्राम भन्दा बढी १ सय ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम ७ हजार २ सय भन्सार तिर्नु पर्नेछ । यसैगरी थप १ सय ग्रामसम्म सुनका गहना प्रति १० ग्राम ९ हजार भन्सार तिरेर ल्याउन पाइने छ । यसरी कुनै व्यक्तिले विदेशबाट आउँदा २ सय ग्राम सुनको गहना ल्याएको भएमा पहिलो ५० ग्रामको कुनै भन्सार महशुल तिर्नुपर्ने छैन । बाँकी १ सय ५० ग्राम सुनको गहनाको जम्मा भन्सार महशुल ८१ हजार तिर्नुपर्नेछ ।

यसले विदेबाट आउँदा ल्याउन पाउने सुनको परिमाण बृद्धि हुनेछ । तर तोकिए भन्दा बढी सुन र सुनका गहना ल्याएमा जफत हुने व्यवस्था आर्थिक विधेयक मार्फत सरकारले गरेको छ । यसअघि पनि बढी मात्रामा ल्याइने सुन र सुनका गहना जफत हुने गरेको थियो । 

हेर्नुहोस् सुन र सुनको गहना सम्वन्धि नयाँ व्यवस्था 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: