हत्यामा संलग्नताको अभियोगपछि अवैधानिक विदेशी कामदारलाई नियन्त्रण गर्नुपर्ने दवाव

क्वालालम्पुर, जेठ १६-

मलेशियामा एक ग्र्याव(अनलाइन ट्याक्सी) चालकको हत्या भएपछि यहाँ रहेका विदेशी अवैधानिक कामदारलाई नियन्त्रण गर्न दवाव बढेको छ । सवाहमा एक ट्याक्सी चालकलाई सम्भावित अवैधानिक विदेशी कामदारले हत्या गरेको खवर सार्वजनिक भएसँगै यस्तो दवाव सुरु भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार ति चालकको हत्यापश्चात पनि अवैधानिक कामदारलाई पक्राउ गरेर स्वदेश फर्काउने अभियानलाई तिव्र नबनाइने हो भनें भविष्यमा अझ संकट गहिरिने भन्दै स्थानीयहरुले दवाव सिर्जना गरेका छन् । ग्र्याव चालक २७ बर्षिय मोहम्मद हनाफी जफारलाई ८० रिंगिट लुट्न हत्या गरिएको खवर सार्वजनिक भएपछि मलेशियाका विभिन्न संघसंस्थाहरुले पनि अवैधानिक कामदार नियन्त्रण गर्न माग गरेको समाचारमा उल्लेख छ ।

हत्या आरोपमा दुई व्यक्ति गत मे २७ मा पक्राउ परेका छन् र उनीहरु माथि अनुसन्धान चलिरहेको छ । सवाहमा अवैधानिक कामदारहरुकै कारण हिंसाका घटनामा बृद्धि भएको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरिएको छ । घटना पछि मलेशियामा सामाजिक सञ्जालमा अवैधानिक विदेशी कामदारलाई पक्राउ गरेर स्वदेश फर्काउनु पर्ने भन्दै अभियान नै चलाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: