बजेट: बेरोजगारलाई रोजगारी, बृद्ध भत्ता बढ्यो

काठमाडौं, जेठ १५-

सरकारले आगामी आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने कार्यक्रम ल्याएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्व १ करोड छुट्याएका छन् ।

यसैगरी सरकारले रोजगार सुचना केन्द्रमा दर्ता भएका बेरोजगारहरुलाई रोजगारीमा प्राथमिकता दिइने नीति लिएको छ । सीप विकासका लागि पनि सरकारले प्राथमिकता दिएको छ ।

अर्थमन्त्री खतिवडाले बैदेशिक रोजगारमा जानेहरुको लागत रोजगारदाताले नै व्यहोर्नेगरी विभिन्न मुलुकहरुसँग श्रम सम्झौता गरिने बजेटमा उल्लेख गरेका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्य पनि बजेटले राखेको छ । यसैगरी बृद्ध भत्तालाई बृद्धि गर्दै २ हजारबाट ३ हजार बनाइने भएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: