-
प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्व १ करोड छुट्याईयो । सार्वजनिक विकास निर्माणमा बेरोजगारहरुलाई संलग्न गराइने योजना ।
आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रमको भावना अनुरुपको कार्यक्रम सञ्चालन हुने ।
श्रम रोजगारका क्षेत्रमा ७ अर्व १४ करोड छुट्याइयो ।
सीप विकास राज्यको प्राथमिकतामा ।
बैदेशिक रोजगारमा जानेहरुको लागत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी श्रम सम्झौता गरिनेछ ।
सामाजिक सुरक्षा अन्तर्गत बृद्ध भत्ता २ हजारबाट बृद्धि गरी ३ हजार बनाइएको छ ।
-
सीप विकासका लागि रकम छुट्याइयो ।
-
रोजगारी सिर्जना सरकारको प्राथमिकता ।
-
बैदेशिक रोजगारमा जानेहरु ३९ प्रतिशत घटे, विप्रेषण २१ प्रतिशत बढेको छ ।
- दुवै संसदको बैठक प्रारम्भ भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।