मलेशियामा कामदारको चर्को अभाव, नयाँ कामदार लिन पुरानै पद्धती व्यूँताईंदै

क्वालालम्पुर, जेठ १०-

मलेशियामा विदेशी कामदारको चर्को अभाव भएको छ । यसले उद्योग व्यवसाय चलाउन गाह्रो परेको भन्दै रोजगारदाताहरुले कामदार लिने प्रकृयालाई सहज बनाउन सरकारलाई आग्रह गरेका छन् । विदेशी कामदार लिने प्रकृयामा सन् २०१७ मा गरिएको फेरवदलले अप्ठ्यारो परेको भन्दै रोजगारदाताहरुले त्यसलाई सुल्झाउन सरकारलाई आग्रह गरेका हुन् ।

रोजगारदाताहरुको आग्रह अनुसार नै हालको विदेशी कामदार लिने पद्धतीमा पुनः सन् २०१७ अगाडीकै पद्धती अवलम्वन गर्नेगरी तयारी गरिएको मलेशियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले बताएको स्थानीय सञ्चार माध्यमले उधृत गरेका छन् । पुरानो पद्धतीमा आफूसँग कार्यरत कुनै मुलुकको कामदारले मलेशिया छोडेर फर्केमा अध्यागमन विभागबाट उ मलेशियाबाट बाहिरिएको कागजात उपलव्ध गराएपछि नयाँ कामदार लिन पाइने व्यवस्था थियो । तर सन् २०१७ पश्चात पुनः नयाँ कामदार लिन लामो, झण्झटिलो र खर्चिलो प्रकृया अपनाउन रोजगारदाता बाध्य छन् । मन्त्री कुलासेगरनले आगामी बुधवारको मन्त्रीपरिषद बैठकमा विदेशी कामदार सम्वन्धि नीतिगत विषयमा गम्भीर छलफल हुने बताएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।   

मन्त्री कुलासेगरनले पुरानै पद्धतीले समय र पैसाको बचत हुने, रोजगारदातालाई सजिलो हुने भन्दै तर काम छोडेर भागेका कामदारको ठाउँमा भनें नयाँ प्रकृया मार्फत नै रोजगारदाताले कामदार ल्याउनु पर्ने बताए । पुरानो पद्धतीलाई नै अवलम्वन गर्दा हाल देखिएको विदेशी कामदार सम्वन्धि आधा समस्या हल हुने कुलासेगरनको भनाई छ ।

नेपालबाट विगत एक बर्षयता कामदार गएका छैनन । मलेशियामा पछिल्लो समयमा विदेशी कामदारको चर्को अभाव हुँदै गएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: