विदेशबाट फर्केकाहरुलाई सहुलियत ऋण प्रवाह गर्न बैंकहरुलाई बोर्डको आग्रह

काठमाडौं, जेठ ६-

बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै उद्यम गर्न ईच्छुक व्यक्तिहरुलाई सहज रुपमा ऋण प्रवाह गर्न बाणिज्य बैंकहरुलाई आग्रह गरेको बोर्डले बैंकका प्रतिनिधिहरुसँगको छलफलमा कार्यविधिमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायसँग पहल भइरहेको भन्दै स्वदेशमा नै उद्यम गर्न ईच्छुकहरुलाई ऋण दिन आग्रह गरेको

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बैदेशिक रोजगारबाट फर्केका व्यक्तिलाई सवै मिलेर स्वदेशमा नै गरिखाने वातावरण निर्माण गर्न आवश्यक भएको धारणा राखे उनले बैंकहरुले गर्ने ऋण प्रवाहले त्यस्ता व्यक्तिलाई स्वरोजगार बन्न स्वदेशमा नै उद्यम गर्न बाटो सहज बनाउने भन्दै त्यसका लागि बोर्डका तर्फबाट आवश्यक सहयोग गरिने जनाए उनले बैदेशिक रोजगार बोर्डमा यसअघि सुचिकृत भएका १८ हजार सय ३७ व्यक्तिको विवरण बैंकहरुलाई उपलव्ध गराइने भन्दै उनीहरुलाई परियोजना प्रस्ताव हेरेर उपयुक्तलाई ऋण उपलव्ध गराउन आग्रह गरे

राज्यले बनाएको नीतिलाई कार्यान्वयनमा लैजाने भनेको सवै मिलेर नै हो भन्दै कार्यकारी निर्देशक श्रेष्ठले बोर्डको दायित्व बैदेशिक रोजगारबाट फर्केकाहरुलाई सामाजिक, आर्थिक पुनरएकिकरण गर्ने भएको सहुलियत व्याजदरको ऋणले त्यसमा सघाउने धारणा राखे बैदेशिक रोजगार बोर्डले आगामी साउनदेखि पुनरएकिकरणको कार्यक्रम सञ्चालन गर्ने तयारी बैदेशिक रोजगार बोर्डले गरिरहेको भन्दै त्यसका लागि पनि हाल संकलित बैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याँकले सघाउने बताए

छलफलमा कृषि विकास बैंकका बाबुकाजी थापाले बैंकले सो प्रकतिको ऋण दिन थालिसकेको हाल पनि थुप्रै निवेदन प्रकृयामा रहेको भन्दै ऋण लिन चाहनेहरुका लागि वित्तिय साक्षरताको तालिम आवश्यक रहेको धारणा राखे  

नेपाल बंगलादेश बैंकका सहायक प्रवन्धक प्रविन कुमार नेपालले आफ्नो बैंकले केहि व्यक्तिलाई ऋण प्रवाह गरिसकेको भन्दै तर यसमा केहि समस्या रहेको औंल्याए उनले ऋण लिन आउने व्यक्तिहरुले व्यक्तिगत विवरण सकेसम्म  लुकाउन खोेज्ने भन्दै यसले बैैंकलाई थप सशंकित बनाएको बताए

सेञ्चुरी बैंकका रिटेल बैंकिङ म्यानेजर दीपेन्द्र विष्टले बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि लगानी गरिने ऋण बीचमै ऋणीले किस्ता तिर्न छोडेमा सो रकम बीमा मार्फत फिर्ता लिन साढे बर्ष पर्खिनुपर्ने व्यवस्था अव्यवहारिक भएको बताए उनले बैंकहरुले लामो समयसम्म खराव कर्जा राख्न नचाहने भन्दै कार्यविधिमा यसलार्ई सच्याएर किस्ता उठ्न छोडेको महिनाभित्रमा बीमा मार्फत रकम फिर्ता हुने व्यवस्था गर्न जरुरी रहेको  औंल्याए हाल सहुलियत व्याज सहितको कर्जा सम्वन्धि निर्देशिकामा बर्षका लागि दिइने त्यस्तो ऋण नउठेको खण्डमा समयावधि( बर्ष) पुरा भएको महिनापछि बीमा मार्फत निश्चित रकम बैंकले फिर्ता पाउने प्रावधान

वित्तिय साक्षरता तालिमको तयारी

बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारबाट फर्केकाहरुलाई वित्तिय साक्षरताको तालिम दिने तयारी थालेको ऋण लिन चाहनेहरुमा परियोजना लेखन, आर्थिक योजना लगायतका विषयमा ज्ञानको अभाव देखिएको भन्दै बोर्डले त्यसको तयारी थालेको हो पहिलो चरणमा काठमाडौंमा हजार व्यक्तिका लागि त्यस्तो कक्षा चलाउने तयारी भएको बोर्डले जनाएको यसका लागि दैनिक सय जना सहभागि हुनेगरी परिक्षणका रुपमा १०-१२ वटा कक्षा सञ्चालन गर्ने तयारी भएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए उनले परिक्षण तालिमको प्रभावकारीताका आधारमा अन्य प्रदेशहरुमा पनि तालिम सञ्चालन गरिने बताए उनले यस्तो तालिममा यसअघि बोर्डमा सुचिकृत भएकाहरुलाई प्राथमिकता दिइने पनि बताए

सुचिकरणमा निवेदन दिने सवैभन्दा धेरै प्रदेश नं का

यसअघि बैदेशिक रोजगार बोर्डले गत माघमा सुचिकरणका लागि गरेको आव्हानमा सुचिकृत भएका मध्ये सवैभन्दा धेरै प्रदेश नं का रहेका छन् कुल सुचिकृत १८ हजार  सय ३७ जना मध्ये प्रदेश नं का १३ जिल्लाबाट १३ हजार सय ३५ जना सुचिकृत भएको बोर्डले जनाएको सवैभन्दा कम कर्णाली प्रदेशका जिल्लाबाट सय ९२ जना सुचिकृत भएका छन्

सुचिकृतमा मलेशियाबाट फर्केका धेरै

बोर्डको सुचिकरणमा सवैभन्दा धेरै मलेशियाबाट फर्केकाहरु रहेका छन् सो सुचिमा मलेशियाबाट फर्केकाहरुको संख्या हजार सय रहेको दोश्रोमा साउदी अरवबाट फर्केकाहरुको संख्या हजार सय ९२ रहेको यसैगरी तेश्रोमा कतारबाट फर्केकाहरुको संख्या हजार सय रहेका छन् भनें चौथोमा युएईबाट फर्केकाहरुको संख्या हजार सय १७ रहेको

उद्योग व्यवसायको रुचि धेरै

आवेदन दिने मध्ये धेरैको रुचि उद्योग, व्यवसायमा देखिएको सुचिकृत मध्ये हजार सय ४० जनाले उद्योग व्यवसाय गर्ने रुचि राखेका छन् भनें यातायात व्यवसाय गर्न चाहनेहरुको संख्या हजार सय १० रहेको त्यसपछि कुखुरा पालन गर्न चाहनेहरु रहेका छन् जसको संख्या हजार सय ८९ रहेको यसैगरी हजार सय ३२ जनाले पशुपालन, हजार ४२ जनाले होटल व्यवसाय, तथा हजार २२ जनाले कृषिमा रुचि देखाएका छन्

यसमध्ये उपयुक्त देखिएका आवेदनकर्ताहरुलाई सहज रुपमा ऋण लगानी गर्न आग्रह गर्दै बोर्डले सुचिकृतहरुको सुचि बोर्डको वेभसाइट मा राख्ने आवश्यक परेमा थप विवरण बैंकहरुलाई उपलव्ध गराउने जनाएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय