विदेशबाट आउने रेमिट्यान्स ह्वात्तै बढ्यो, विदेश जाने भनें घटे

काठमाडौं, जेठ ५-

बैदेशिक रोजगारमा जानेहरुको संख्यामा उच्च मात्रामा गिरावट आइरहेपनि विदेशबाट भित्रिने रकममा भनें बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न मुलुकबाट गरी ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा भन्दा यो २० दशमलव ९ प्रतिशत धेरै हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ९ महिनाको तथ्याँकले अघिल्लो आर्थिक बर्षको तुलनामा यसबर्ष रेमिट्यान्सको बृद्धिदर पनि बढी छ ।

विदेश जानेको संख्यामा भारी गिरावट

श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेहरुको संख्यामा भनें चालु आर्थिक बर्षमा ठूलो  गिरावट आएको छ । सो अवधिमा अघिल्लो बर्षको सोही अ वधिको तुलनामा रोजगारीका लागि विदेश जानेहरुको संख्या ३९.३ प्रतिशतले घटेको हो । रोजगारीका लागि जानेहरुको संख्या निरन्तर ओरालो लागिरहँदा नेपाल भित्रिने रेमिट्यासमा आगामी केहि बर्षपछि ठूलो गिरावट देखिनसक्ने भन्दै रेमिट्यान्स माथिको निर्भरता घटाउनु पर्ने यस क्षेत्रका विज्ञहरु सुझाव दिन्छन् । सरकारले पनि पछिल्लो समयमा आन्तरिक रोजगारीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: