मेनपावर व्यवसायीद्धारा जेठ १७ देखि विदेश उडाउने काम रोक्ने चेतावनी 

 

काठमाडौं, जेठ ३-

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सरकार समक्ष ५ सुत्रिय माग राख्दै माग पुरा नभएमा आगामी जेठ १७ देखि  २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ । संघको आव्हानमा शुक्रवार भएको व्यवसायीको भेलाले यस्तो निर्णय गरेको हो ।

संघले बैदेशिक रोजगारको अनुमति लिंदा संस्था दर्ता गर्न राख्ने धरौटी रकमको व्याज पाउनुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसिया रोजगारी सुचारु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्नेगरी नयाँ कामदार पठाउने प्रकृया शुरु गर्नुपर्ने माग राखेको छ ।

यसैगरी मागपत्र दूतावासबाट प्रमाणिकरण गर्न केहि दूतावासले ईन्कार गरेको, केहि दूतावासले ढिालासुस्ती गरेको र केहि दूतावासका कर्मचारीले अनुचित लाभ लिन खोजेका कारण अनलाइन मार्फत तै मागपत्र प्रमाणिकरणको व्यवस्था गर्न पनि व्यवसायीले माग राखेका छन् ।  संघले सेवा शुल्क भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका लगायतका दक्षिण् एसियाली मुलुकको अभ्यास अनुरुप हुनुपर्ने माग पनि अघि सारेका छन् ।   

यो पनि पढ्नुहोस् के खाडीमा युद्धको तयारी हुँदैछ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: